बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले तोकेको समयसीमाभित्र पुँजी वृद्धि नगर्ने कम्पनीको कारोबार रोक्का गर्ने बताएका छन् ।
राष्ट्रिय बीमा कम्पनीको बुधबार राजधानीमा आयोजित नवौँ वार्षिकोत्सव समारोहमा उनले तोकिएको समयसीमाभित्र तोकिएको पुँजी नपुर्याउने सरकारी र निजी क्षेत्रको जुनसुकै कम्पनीलाई पनि कानुनी दायरामा ल्याउने उनले बताए ।
कम्पनीले आफ्नो सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पु¥याई बीमाको पहुँच र दायरा वृद्धि गर्न तथा बीमा बजारका नवीनतम अवसरलाई आत्मसात् गर्दै प्रतिस्पर्धात्मक एवं ग्राहकमुखी बीमा सेवा उपलब्ध गराउन उनको आग्रह थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस