Like us!
Follow us!
Connect us!
Watch us!

चैत्र मसान्तसम्ममा चुक्ता पुँजी नपुर्याउने बीमा कम्पनीलाई नयाँ कारोबारमा रोक

अर्थ संसार

विहीबार, ०२ भदौ २०७९, १० : १८ मा प्रकाशित

चैत्र मसान्तसम्ममा चुक्ता पुँजी नपुर्याउने बीमा कम्पनीलाई नयाँ कारोबारमा रोक

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले चैत्र मसान्तसम्म तोकिएको चुक्ता पूँजी पुर्याउन नसक्ने कम्पनीहरुलाई नयाँ कारोबारमा रोक लगाउने जनाएको छ । 

बीमा क्षेत्रमा जोखिम बढ्दै गइरहेको र प्रतिष्प्रधि बजारमा व्यबसाय गर्न समेत कम चुक्ता पूँजीले समस्या गर्ने भन्दै बीमा समितीले बिमा कम्पनीहरुको पूँजी बृद्धिको प्रस्ताव समेत गरेको थियो । 

बीमा समितिको संचालक समितिको गत साल चैत्र १० गते बसेको बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २.५ अर्ब पुर्याउने निर्णय गरेको थियो । 

यता बिमा कम्पनीहरुले भने समितीले तोकेकै समयमा चुक्ता पूँजी पुर्याउन नसकिने भन्दै पूँजी बृद्धिको लागि थप समय दिनुपर्ने माग गरिरहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको