Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म कायम सेयरधनीले मात्र प्रिमियर इन्स्योरेन्सको लाभांश पाउने

अर्थ संसार

विहीबार, २१ पुस २०७९, ०६ : १४ मा प्रकाशित

आजसम्म कायम सेयरधनीले मात्र प्रिमियर इन्स्योरेन्सको लाभांश पाउने

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गच आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश प्राप्त गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोलि पुस २२ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीको कार्तिक २९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को लागि कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ वितरण गर्ने प्रस्ताव गरेको हो ।

ृउक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा  लिसारा रिसेप्सन नक्साल, काठमाडौमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको