Like us!
Follow us!
Connect us!
Watch us!

१०० रुपैयाँ माथि ईपिएस पुर्याउन हाम्रो टिम लागिपरेको छ : सीईओ, महिला लघुवित्त

अर्थ संसार

मंगलबार, १४ असार २०७९, १७ : ५१ मा प्रकाशित

नेप्सेमा सूचिकृत लघुवित्त क्षेत्रका कम्पनीहरु मध्ये सबैभन्दा महँगो मूल्य भएको कम्पनी हो महिला लघुवित्त।

नेप्से परिसूचक ३२०० को बिन्दुबाट घटेर १८०० मा आएतापनि महिला लघुवित्तको सेयरमूल्य भने खासै घट्न सकेको छैन। कम्पनीको सेयरमा लगानीकर्ताहरुको उच्च आकर्षण रहेको छ। बजार घटेर प्यानिक बन्दा पनि महिलाको सेयर ३४/३५०० को लेभलमा कारोबार हुनुले लगानीकर्ताहरुले सस्तोमा सेयर बिक्रि गर्नुभन्दा बरु होल्ड नै गर्नु उचित हुने विश्लेषण गरेको देखिन्छ।  

लघुवित्तका सीईओ कृष्ण प्रसाद भट्टराई आफ्नो पूरा टिम नै संस्थाको ग्रोथ कसरी गर्न सकिन्छ भनेर लागिपरेको बताउनछन्। आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको रिपोर्ट अनुसार संस्थाको प्रतिशेयर आम्दानी ९० रुपैंया रहेको छ। आउने दिनहरुमा १०० रुपैयाँ माथिको प्रतिसेयर आम्दानी पुर्याउन आफ्नो टिमले कडा मेहनत गरिरहेको न्यौपाने बताउछन। संस्थाले आगामी आर्थिक वर्षमा १२ वटा नयाँ शाखा थप्ने र व्यापार आक्रामक रुपमा विस्तार गर्ने योजना बनाएको पनि उनले जानकारी दिए।  

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ४७.५% बोनस र २.५% क्यास गरि जम्मा ५०% लाभांश दिएको थियो। अब यो आर्थिक वर्ष कम्पनीले कति लाभांश देला भन्ने कुराको चासो लगानीकर्ताहरुमा रहेको देखिन्छ।

भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको