Like us!
Follow us!
Connect us!
Watch us!

‘बजारले जसरी बुल साईकलको ट्रेन्डलाई तोड्यो त्यसरी बियरिस पनि तोडिन्छ, यो धेरै टिक्नेवाला छैन’

अर्थ संसार टक

बुधबार, १५ असार २०७९, ०६ : ४० मा प्रकाशित

सेयर विश्लेषक डा. केशब श्रेष्ठले बजारले जसरी बजारले बुल साइकललाई तोडेर वियरिस साईकल समात्यो त्यसरिनै अब बियरिस साईकललाई तोडेर बजार बुलिस साईकलमा जाने बताएका छन् । अर्थसंसार डटकमको नियमित कार्यक्रम अर्थसंसार टकसंगको कुराकानीमा श्रेष्ठले यस्तो बताएका हुन् । 

‘हामिले पहिले पनि कतिपय अन्तरवार्तामा समेत भनेका थियो अब यो बुल र बियरको ४ बर्षे साइकल चल्दैन’ उनले भने ‘अहिले प्रविधिमा धेरै नै परिवर्तन आइसकेको छ, प्लेटफर्महरु चेन्ज भएका छन् यीनको प्याटर्नहरु चेन्ज भएको छ यी सबै कुराहरुले पहिलेको जस्तो ४/४ बर्षको साइकल अब हुँदैन भनेर मैले पहिला पनि भनेको थिए ।’

नेप्से परिसूचक अहिले वास्तविक रुपमा १९०० को बिन्दुमा नभई ११ सय भन्दा पनि तलको बिन्दुमा उनको तर्क छ । ‘अहिले नेप्से परिसूचक १९ सयको आसपासमा छ तर वास्तवमा हेर्ने हो भने त यो अहिले ११०० भन्दा पनि तल हो’ उनले भने ‘अहिले धेरै कम्पनीहरुको नयाँ सेयर समेत नेप्सेमा लिस्टिङ भएको छ कतिपय कम्पनीहरुले यो बिचमा बोनस र राइट सेयर पनि लिस्टिङ भएको छ यसले परिसूचक धेरै तानेको छ  यी सबै कुराहरूलाइ घटाउने हाे भने नेप्से ११ सय भन्दापिन तल हुन्छ ।’

अहिले बजार धेरै नै घटेको भन्दै यो दिर्घकालिन लगानीका लागि सहि मौका हुन सक्ने उनको तर्क छ । प्राविधिक रुपमा अहिले हरेक इन्डिकेटरहरुले ट्रेडिङका लागि भन्दा पनि दिर्घकालिन लगानीका लागी बाई सिग्नल दिएको र आधारभुत रुपमा एकदमै बलिया कम्पनी पनि धेरै नै न्यूनतम मूल्यमा आईसकेको बताउछन् उनि । 

श्रेष्ठसंग गरिएको भिडियो कुराकानीः  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको