Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रा उद्यमीः आईटीमा स्नातक गरेका किरणको ‘लोभलाग्दो’ केक व्यवसाय

धिरज पौड्याल

बुधबार, १५ असार २०७९, १२ : २९ मा प्रकाशित

हाम्रा उद्यमीः आईटीमा स्नातक गरेका किरणको ‘लोभलाग्दो’ केक व्यवसाय

आज भोलि कुनै पनि उत्सव वा समारोह मनाउँदा केक अनिवार्य वस्तु नै भई सकेको छ। केक नकाटी उत्सव मनाउँदा उत्सव नै खल्लो हुन्छ। काठमांडौ उपत्यकाबासिका हरेक उत्सवहरुमा उनीहरूले चाहेजस्तै केक उनिहरुले भनेकै ठाँउमा डेलिभरी गर्ने काम गर्छ युजी केक्स ( Ug Cakes) ।

आईटीमा स्नातक गरेका किरण तिमसीना र निकिता आचार्य आईटी कम्पनी ‘ब्लक्स वान आईटी’ मा कार्यरत थिए । "आईटी कम्पनी बन्द भएपछि आईटी कम्पनी भएको स्थानलाइ कसरी उपयोग गर्ने भन्ने सोचमा हामी दुवै सहकर्मी थियौँ, त्यसबेला के गर्ने भन्ने निश्चित थिएन । नेपाल डिजिटल युगमा प्रवेश गर्दै थियो त्यसलाई सदुपयोग गर्ने सोचमा हामि दुवैजना थियौं, त्यसबेला फोनमा डम्मी सामानहरू गेमभित्र खरिद गरी खेल्न मिल्ने खेल चर्चित थियो । सहकर्मी निकिता पनि त्यही गेम खेल्दै थिइन् । आईटी अध्ययन गरेका हामीले यस गेमलाई रियल बनाउने अठोट लियौं” किरण भन्छन् । 

२१ वर्षीय किरणले बन्द भएको आफू कार्यरत कम्पनीको स्थानमा आफ्नो व्यवसाय ‘अर्बन गर्ल’ (Urban Girl) सुरु गर्दा नेपालमा सीमित मात्रामा मात्र अनलाइन सपिङ्गको अनुभव लिन मिल्ने अवस्था थियो। विदेशमा अनलाइन सपिङ्गले उत्कृष्ट प्रदर्शन गरिरहेको र सफल भएका उदाहरण उनले पढेको थिए, त्यस बेलासम्म नेपालमा बस्ने नेपाली भने यो कुराबाट अन्जान नै थिए। व्यवसायको सुरु गर्दा होलसेलमा समान खरिद गरेर उक्त सामानलाई अनलाइनमा लिस्ट गरी बेच्ने योजना रहेकाे किरण बताउँछन् । 

उनले थपे, "महाबौद्ध पुगेर होलसेलमा सामानहरू खरिद गरी आफूसँग भएको क्यामेराबाट फोटो खिच्यौँ, फेसबुक पेजमा राख्यौ अनि व्यवसाय सुरु भयो। हामीले फोटो त खिच्याैँ तर फोटोग्राफी सम्बन्धी पर्याप्त जानकारी नहुँदा लिएका फोटोमा सामानहरू आकर्षित रूपमा प्रस्तुत गर्न नसक्दा ग्राहकहरुले किनेनन्।"

त्यसबेला अनलाईनको पहुँच निकै थोरै नेपालीकाे मात्र थियो र पहुँच भएकाहरूमा पनि अनलाइन सपिङ्गमा प्रति विश्वस्त निकै  नै कम थिए । ग्राहक पाउन समेत गाह्रो थियो। व्यवसाय सपोर्ट गर्नकै लागि ३ जना ग्राहकले सामान खरिद गरेको उनी सुनाउँछन्। 

“अहिले पनि २०१२ मा खरिद गरेको समान आफ्नो रुममा सुरक्षित छ ।”

"खरिद गरेर ल्याएको सामानहरू बिक्री नहुँदा घाटा व्यहाेरे पछि 'युएफओ' तथा क्लोथिङ स्टोरमा उनीहरूसँग भएका सामानहरू फेसबुकमा फोटो खिचेर राखी उनीहरूको सामान हाम्रो माध्यमबाट हामीले बेच्ने प्रस्ताव राखेका थियौं तर उनीहरूले अस्वीकार गरे। त्यसबेला प्रस्ताव कसरी राख्ने जानकारी नहुँदा, सकारात्मक प्रतिक्रिया आएन।  बजार यसको लागि तयार नभएको होकी भन्ने सोचमा पुग्यौं र यो योजनाबाट पछि हट्नुपर्यो।", उनले भने । 

"कलेजमा अध्ययन गर्दा ‘अलिबाबा’ काे बारेमा सुनेको थिएँ, अलिबाबाको बारे खोज गर्याैँ, संसारभरका अनलाइन शपहरुले ‘अलिबाबा’ बाट सामान मगाएर सेल गरेको जानकारी प्राप्त गरेपछि नेपालमा पनि यही गर्ने सोच बनायौं, आफूलाई चाहिने सामानहरूको लिस्ट बनाएपछि सामानको अर्डर गरेँ यस्तै १७०-१८० अमेरिकी डलर बराबरको थियो" किरणले भने । 

किरण भन्छन्, "बिक्रेताले वेस्टर्न यूनियनबाट पैसा पठाउन विवरण दिएका थिए, शान्तिनगरमा बस्थ्यौं त्यहाँको शाखामा पुगी सोध्दा नेपालबाट पठाउन नमिल्ने बताएपछि शाखा सानो भएको भएर थाहा नहोला भन्दै न्यू रोडमा ठूलो बाेर्ड भएको वेस्टर्न युनियनको कार्यालयमा पुगेँ, ठूलो बाेर्ड भएको ठाउँमा हुन्छ जस्तो लागेको थियो, त्यहाँ पुगेपछि मात्र थाहा भयो ‘नेपालमा पैसा पाउन मात्र मिल्ने रहेछ नेपालबाट पैसा पठाउन मिल्ने रहेनछ।’ त्यसको समाधानको बारेमा खोज्दा बैंक मार्फत पैसा तिर्न सकिने जानकारी पायौँ र उत्साहित भएर हाम्रो पहिलो ग्राहक सिद्दार्थ बैंकका म्यानेजर भएको ठाउँमा पुग्यौं। उहाँले बैंकबाट पनि सहजै पैसा पठाउन नमिल्ने बताएपछि अन्योलता थप बढेको थियो।"

"सामान आयातको पैसा तिर्ने बाटो खोज्दै गर्दा सामाजिक तथा राजनैतिक अभियानमा जोडिनु भएको अभया दिदीलाई भेट्यौँ, उहाँको बैंकमा कार्यरत साथीले पैसा तिर्ने प्रक्रिया बुझाएपछि कानुनतः प्रक्रिया पूरा गर्यौँ र पैसा तिर्याैँ। चीनबाट सामान आयो तर बारम्बार सामान आयात गर्न सोही प्रक्रिया पूरा गर्न झन्झटिलो थियो, व्यवसाय वृद्धि गर्न गाह्रो भयो र व्यवसाय दिर्घकालिन नभएको निष्कर्षमा पुग्याैँ र २०१४ मा केक बेच्न सुरु गर्यौ।", उनले भने । 

"त्यसबेला नेपालमा आफूले चाहे अनुसारका सामानहरू प्रिन्ट गरेर उपयोग गर्ने ट्रेन्ड चलिरहेको थियो । हामीले उक्त ट्रेन्डको उपयोग गर्यौ र कस्टोमाइज कप, टिसर्ट, ब्रेसलेटहरु बेच्याैँ । हामीले त्यसबेला दुवै व्यवसाय सँगसँगै सञ्चालन गरेका थियौं तर समायन्तरमा प्रिन्टेड सामानहरू बेच्नेहरु थपिन थाले हामीले दुई व्यवसाय गर्नु भन्दा केकलाई नै प्राथमिकता दिने निधो गर्यौं।" किरण बताउँछन् । 

उनले थपे, "केकको व्यवसाय गर्दा सुरुमा धेरै कुराको जानकारी थिएन, समयमा केक पुर्याउनु पर्ने चुनौती थियो साथै सुरक्षित रूपमा पनि केक पुर्याउनु पर्ने थियो।"

“ मानिसहरू हामीसँग केक हैन, इमोसन अर्डर गरिरहेका थिए।”

आफैसँग पर्याप्त स्रोत र साधन नभएको हुँदा थोरै संख्यामा आएका अर्डरहरु पनि पुर्याउन ग्राहो परेको थियो । डेलिभरीको राम्रो प्रणाली नहुँदा धेरै केक बाटोमा बिग्रेका थिए। एउटै अर्डर पुर्याउन ३ पटकसम्म आफू नै लिएर गएको अनुभव उनी सुनाउँछन्।

"निरन्तर रूपमा यस्तो घट्ना घट्दा केकको व्यापार बन्द गर्ने होकी भन्ने अवस्थामा पुगेका थियौं। त्यसबेला हामीसँग आफ्नै बेकरी थिएन साथीको बेकरीमा बनाएर डेलिभरी गर्थ्याैँ, १० वटा बढी अर्डर आउँदा समयमा केक पुर्याउन असमर्थ बन्यौँ। त्यसबेला विवाहको माहोल चलिरहेको थियो, धेरै अर्डर एकपटक आएको थियो,कति ठाउँमा केक डेलिभरी गर्दा विवाह नै सकिएको हुन्थ्यो, यस्तो प्रक्रियामा न व्यवसाय चल्थ्यो न छवी राम्राे बन्थ्याे । त्यसबेला हामीले हरेस खाई सकेका थियौं, " उनी बताउँछन्। 

उनी भन्छन्, "व्यवसाय सुरु गर्न यती दुःख गर्यौ अब यहाँसम्म आएर छाड्नुभन्दा आफ्नै बेकरी खोल्ने योजना बनायौं र चरणबद्ध रूपमा विस्तार गर्यौ। त्यसपछि हाम्रा लागि परिस्थिति सहज भई सकेको थियो। हामीले ५ ओटा केकबाट अब सहजै २० केकसम्म दैनिक डेलिभरी गर्न सक्ने भएका थियौँ र डेलिभरी सिस्टममा पनि काम गर्यौ। २०१७ मा भएका अन्य कम्पनीलाई एकै ठाउँमा मर्ज गर्यौ र २०२२ सम्म आई पुग्दा बेकरीमा केक तयार पार्दा हुने सबै प्रोसेसलाई अटोमेेट गर्यौ, अब अर्डर लिने, केक बन्नेदेखि डेलिभरी हुनेसम्मको प्रक्रिया सिस्टमबाट परिचालित हुन्छ, सिस्टम थप विकास गर्दैछौँ ।" 

उनले थपे, "ग्राहकलाई समयमा नै गुणस्तरिय केक पुर्याउनु हाम्राे दायित्व बनेकाे छ । अहिले दैनिक रूपमा १००० सम्म केक तयार पार्न सक्ने मेकानिजम तयार भएको छ । विशेष उत्सव आमा, बुबाको मुख हेर्ने दिनमा आएका अर्डरहरु डेलिभरी गर्न सफल भएका छाैँ । अबको योजना समयमा केक पुर्याउन काठमाडौंभित्र ३ ठाउँमा फ्याक्ट्री र ३ ओटा आउटलेट खोल्ने, समान प्राकृतिक व्यवसायमा विस्तार गर्ने साथै छिट्टै विवाहमा केक अर्डर गर्नेहरूलाई भोग्न सक्ने अन्य समय जस्तै फोटोग्राफर, विवाहको इभेन्ट म्यानेजमेन्ट लगायतका सेवा जोड्ने योजनामा काम गरिरहेका छाैँ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको