लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
बैंकले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण गरिने कम्पनी सचिव पियुष राज अर्यालले जानकारी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस