Like us!
Follow us!
Connect us!
Watch us!

साहस उर्जाको साधारणसभा मंसिर २४ गते, लाभांश प्रस्ताव पारित गर्ने

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, १० : २७ मा प्रकाशित

साहस उर्जाको साधारणसभा मंसिर २४ गते, लाभांश प्रस्ताव पारित गर्ने

साहस उर्जा लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको हो । 

कम्पनीले मंसिर २४ गते, बुधबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा १२ वार्षिक साधारणसभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले गत आर्थिक वर्षको साधारण सभाले पारित गरेको शतप्रतिशत हकप्रद सेयरलाई संशोधन गरी हाल बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको