चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज)मा बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा करिब ३७ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिसम्म बैंकहरुबाट १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ सेयर धितो कर्जा गएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को असोजसम्म बैंकहरुबाट १ खर्ब ५ अर्ब ८२ करोड ४८ लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुबाट सेयर धितो कर्जा ३६.९७ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको असोजसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा १ खर्ब ९८ करोड ५८ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। अघिल्लो वर्ष असोजसम्म यो रेन्जको कर्जा ६९ अर्ब ९७ करोड १ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ४४.३२ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब ७० करोड ९८ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब ८२ करोड ३७ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ४३ करोड ८ लाख रुपैयाँ गएको छ। अघिल्लो वर्ष असोजसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १३ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ८७ करोड र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँ गएको थियो।
अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा ३०.२८ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १९.८६ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा भने १४.०६ प्रतिशतले बढेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस