Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : विराटनगरद्वारा पोखरालाई २२१ रनको विशाल लक्ष्य

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, १७ : ५८ मा प्रकाशित

एनपिएल क्रिकेट : विराटनगरद्वारा पोखरालाई २२१ रनको विशाल लक्ष्य

एनपिएल क्रिकेट अन्तगर्त विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई २२१ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारीत ओभरमा ६ विकेट गुमाएर २२० रन बनाएपछि पोखराले उक्त लक्ष्य पाएको हो । 

विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७२ रनको पारी खेले । त्यस्तै मार्टिन गुप्टिलले पनि ६१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै शुभम रन्जाले ३८ रन बनाए भने बासिर अहमदले पनि २३ रनको योगदान दिए । पोखराका लागि म्याट टेलरले २ विकेट लिए । त्यस्तै सागर ढकाल, डान डौथवेट र कुशल भुर्तेलले एक एक विकेट लिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको