Like us!
Follow us!
Connect us!
Watch us!

दुई दिनमा ११६ अंकले बढ्यो नेप्से परिसूचक, बजारसंगै बलियो बन्दै लगानीकर्ताको मनोबल

नेप्से

विहीबार, १६ असार २०७९, १५ : १५ मा प्रकाशित

दुई दिनमा ११६ अंकले बढ्यो नेप्से परिसूचक, बजारसंगै बलियो बन्दै लगानीकर्ताको मनोबल

आज (विहिबार) सेयर पनि सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । नेप्सेमा लगातार दोस्रो दिन हरियाली छाउँदा लगानीकर्ताहरुको मनोबल केहि बृद्धि भएको देखिन्छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहिबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ को विन्दुमा पुगेको छ । नेप्से ३.८२ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १२.६३ अंकले बढेर ३९१.७८ विन्दुमा पुगेको छ । 

कूल २२७ वटा कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ४५ करोड ८६ लाख रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै व्यापार समूह बढेको छ । 

बुधबार शिवम् सिमेन्ट्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ९५ लाख २० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स लिमिटेड, मैलुङखोला जलविद्युत आयोजना र न्यादि हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । 

यस दिन बरुण  हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य २.६५ प्रतिशतले घटेर ४ सय ७७ रूपैयाँमा झरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको