Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो नौगाडको प्राधिकरणसँग विद्युत खरिद सम्झौता

शुक्रबार, १९ कार्तिक २०७३, १५ : ३२ मा प्रकाशित

माथिल्लो नौगाडको प्राधिकरणसँग विद्युत खरिद सम्झौता

अर्थ संसार

काठमाडौं–माथिल्लो नौगाड साना जलविद्युत परियोजनाको विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । उक्त आयोजनाको प्रबर्धक अपि पावर कम्पनी हो । 

अपिले माथिल्लो नौगाड आयोजनाबाट ८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष लिएको छ । आयोजना दार्चुला जिल्लामा अबस्थित छ । कम्पनीले आगामी डेड बर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष लिएको छ । त्यहाँ उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको बालान्च सवस्टेसनमा जोडिने छ । 

अपि पावरले यसअघि ८.५ मेगावाटको नौगाड जलविद्युत आयोजना पूरा गरेर विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले उक्त आयोजना १७ महिनामै पूरा गरेको थियो । अपि पावरले विभिन्न स्थानमा सौर्य उर्जाबाट १९ मेगावाट उत्पादन गर्ने तयारी गरिरहेको छ । 

581c5b5c8684f.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको