Like us!
Follow us!
Connect us!
Watch us!

नियम विपरीत काम गर्ने ८ बीमा कम्पनी प्राधिकरणको कारबाहीमा,कुन कुन परे ?

अर्थ संसार

सोमबार, ०९ चैत्र २०८२, १२ : ५६ मा प्रकाशित

नियम विपरीत काम गर्ने ८ बीमा कम्पनी प्राधिकरणको कारबाहीमा,कुन कुन परे ?

नेपाल बीमा प्राधिकरणले बीमा ऐन र नियामकको निर्देशन पालना नगर्ने आठवटा बीमा कम्पनीहरूलाई कारबाही गरेको छ। प्राधिकरणको निर्देशन उल्लंघन गरेको र सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै ती कम्पनीहरूलाई जनही दुई लाख रुपैयाँ नगद जरिवाना गर्ने निर्णय गरिएको हो।

प्राधिकरणको सञ्चालक समितिको बैठकले उक्त कारबाहीको निर्णय पारित गरेको हो।

प्राधिकरणका अनुसार कारबाहीमा पर्नेहरुमा नेपाल रि, हिमालयन रि, नेको इन्स्योरेन्स, एलियन्ट इन्स्याेरेन्स ब्राेकर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स र हिमालयन लाइफ छन्। 

प्राधिकरणका अनुसार यी कम्पनीहरूले बीमा ऐन अन्तर्गत जारी गरिएका निर्देशन विपरित काम  गरेका थिए। नियम विपरीत काम गरेको देखिएपछि प्राधिकरणले ती कम्पनीहरूसँग लिखित स्पष्टीकरण माग गरेको थियो। तर, कम्पनीहरूबाट प्राप्त जवाफ सन्तोषजनक नभएपछि ऐनको व्यवस्था अनुसार नगद जरिवाना गर्ने निर्णय लिइएको प्राधिकरणले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको