नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । मंगलबार कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर सूचीकृत भएको हो ।कम्पनीले फागुन ५ गतेदेखि फागुन ११ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १२ लाख ८६ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको थियो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ। सेयर सूचीकृत भएपछि बुधबार कम्पनीको सेयर कारोबार सुरु हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस