Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उच्च अंकको वृद्धि, करिब १५ अर्बको कारोबार

अर्थ संसार

मंगलबार, १० चैत्र २०८२, १४ : ५२ मा प्रकाशित

सेयर बजारमा उच्च अंकको वृद्धि, करिब १५ अर्बको कारोबार

साताको सेयर कारोबार हुने तेस्रो दित मंगलबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज २३.८३ अंकले बढेको हो । 

आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक २९६०.४० विन्दुमा पुगेको छ । आज  सेयर बजारमा १३६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ११७ कम्पनीको सेयर मूल्य भने घटेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले बढेर ५०७ विन्दुमा पुगेको छ । आज १३ वटा उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ । 

परिसूचक बढेको दिन सेयर बजारमा करिब १५ अर्ब रुपैयाँको कारोबार भएको छ । आज ३४१ कम्पनीका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर १२६ हजार ९४७ पटक खरिद बिक्रीहुँदा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको