नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अब पार्टीको सम्पूर्ण शक्ति महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने बताएका छन्। मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले महाधिवेशनको प्रक्रिया आफूले अघि बढाइसकेको उल्लेख गर्दै यसबाट पछि नहट्ने स्पष्ट पारे। उनले आगामी महाधिवेशनमा को सहभागी भयो वा भएन भन्ने विषयलाई लिएर मनमा कुनै पूर्वाग्रह राख्न नहुने पनि बताए।
महाधिवेशनमा कसैलाई पनि पूर्वाग्रहको रुपमा हेर्न नहुने र आफूले सबैलाई सहभागी गराएर अघि बढ्ने सभापति थापाको भनाइ छ ।
सभापति थापाले भने,‘एउटा विशिष्ट अवस्थामा विशेष महाधिवेशन भयो । त्यो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आयो । हामीले निर्वाचनमा भाग लियौं । विशेष अधिवेशन अगाडि, पछाडि कसले भाग लियो कसले लिएन भन्ने कुरा सकियो । मैले सभापतिको रुपमा गाडी हाँकेँको छु । अब यो गाडी रोकिंदैन । मैले भनेँ, यो गाडीमा अब को विशेष अधिवेशनमा हुनुहुन्थ्यो र को हुनुहुँदैन थियो भन्ने कुराबाट कुनै पूर्वाग्रह पनि हुँदैन। मैले उपसभापति र केही नेताहरूसँग आग्रह पनि गरेको छु । हामी सबैलाई सहभागी गराएर त्यसलाई अघि बढाएर लैजान्छौं ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस