Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुर हेटौडा प्रसारण लाइन चल्यो, विरगन्ज कोरिडोरमा मर्मत जारी

सोमबार, १६ साउन २०७४, १२ : ४५ मा प्रकाशित

भरतपुर हेटौडा प्रसारण लाइन चल्यो, विरगन्ज कोरिडोरमा मर्मत जारी

अर्थ संसार, काठमाडौँ - नियमति मर्मतका लागि बन्द गरिएको नेपाल विद्युत् प्राधिकरणको भरतपुर–हेटौंडा १३२ केभी प्रसारण लाइनबाट पुनः विद्युत् आपूर्ति सुरु भएको छ ।

प्राधिकरणकाअनुसार करिब ७ घन्टापछि विद्युत आपूर्ति सुरु भएको हो । प्रसारण लाइनमा आएको खराबीका कारण भोल्टेजमा समस्या आएको तथा  अन्य प्राविधिक समस्या देखिएपछि मर्मतका लागि बन्द गरिएको थियो ।

नियमित मर्मतका लागि बन्द गरिएको सो प्रसारण लाइनबाट आज बिहानदेखि नै नियमित विद्युत् आर्पूति सुरु भएको हो ।

प्रसारण लाइन मर्मत गर्नु परेकाले त्यहाँबाट वितरण हुने क्षेत्रमा दिनभरि नै विद्युत आपूर्ति बन्द रहेको नेपाल विद्युत प्राधिकरण भार प्रेषण केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार अहिले त्यस क्षेत्रको आपूर्ति सामान्य भइसकेको छ ।

केन्द्रका अनुसार वीरगन्ज, परवानीपुर, चन्द्रनिगाहपुर क्षेत्रमा प्रसारण लाइन निर्माण भइरहेकाले आपूर्ति बन्द (सट डाउन) गरिएको छ ।

वीरगन्ज र त्यस पूर्वका क्षेत्रमा मंगलबारसम्म आपूर्तिमा समस्या आउने केन्द्रले जनाएको छ । वर्षौं पुराना प्रसारण लाइन, बर्खा र चट्याङका कारण आपूर्तिमा समस्था देखिने गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको