Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४२ लाख ५८ हजार कित्ता बोनस सूचिकृत

नेप्से

शुक्रबार, १७ असार २०७९, १२ : ४३ मा प्रकाशित

नेप्सेमा ४२ लाख ५८ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज शुक्रबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार संस्थाको ७० प्रतिशत बोनस बापतको ४२ लाख ५८ हजार ८ सय कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

संस्थाको चैत्र २५ गते शुक्रबार सम्पन्न भएको वार्षिक साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ७० प्रतिशतले हुन आउने बोनस र ३.६८ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) गरि कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

62be9c329077a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको