Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

नेप्से

आइतबार, १९ असार २०७९, ०८ : ०४ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत साता विभिन्न ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

शुक्रबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार संस्थाको ७० प्रतिशत बोनस बापतको ४२ लाख ५८ हजार ८ सय कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

संस्थाको चैत्र २५ गते शुक्रबार सम्पन्न भएको वार्षिक साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ७० प्रतिशतले हुन आउने बोनस र ३.६८ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) गरि कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मंगलबार एभरेष्ट इन्स्याेरेन्स​ कम्पनी लिमिटेडकाे ६ प्रतिशत बोनस बापतको ७ लाख १० हजार एक सय ६२ दशमलव ६४ कित्ता सेयर सूचिकृत भएको हो ।

यस्तै, समिट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५.२८५४ प्रतिशत बोनस बापतको ९ लाख ९७ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बोनस बापतको २ लाख ९५ हजार ८ सय १२ कित्ता सेयर सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको