Like us!
Follow us!
Connect us!
Watch us!

गगन थापाकै क्षेत्रबाट चुनाव लड्ने तयारीमा लगानीकर्ताकी नेता राधा पोखरेल

अर्थ संसार

आइतबार, १९ असार २०७९, ११ : ०१ मा प्रकाशित

गगन थापाकै क्षेत्रबाट चुनाव लड्ने तयारीमा लगानीकर्ताकी नेता राधा पोखरेल

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल आगामी प्रतिनिधीसभाको निर्वाचनमा काठमांडौ ४ बाट निर्वाचन लड्ने भएकी छन् । केही समय अघिदेखि नै उनले पूँजी बजार र महिला अधिकारका मुद्दालाई अगाडी सारेर चुनावमा होमिने बताएकी थिइन् । 

काठमाडौँ ४ पुर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापाको समेत निर्वाचन क्षेत्र हो । २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा थापाले उक्त निर्वाचन क्षेत्रमा भारी मतान्तरले चुनाव जितेका थिए । 

स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेकी पोखरेलले विगत चार वर्षदेखि नेपाल पूँजी बजार लगानीकर्ता संघको नेतृत्व सम्हाली रहेकी छन् । उनले देशका विभिन्न स्थानहरुमा गएर लगानीकर्ताहरुका लागि सेयर सचेतना कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेकी छन् । पूँजी बजारको विकास र विस्तारमा सक्रिय पोखरेल सेयर बजारका लगानीकर्ताहरु माझ परिचित छन् ।

कतिपयले त तपाईँले चुनाव जित्नका लागि भन्दा पनि चर्चा पाउनकै लागि चर्चित नेता गगन थापाकै निर्वाचन क्षेत्र रोज्नु भयो भन्ने आरोप लगाएका छन् त भन्ने हाम्रो प्रश्नमा पोखरेलले भनिन् ‘यो कुरामा मेरो सहमती छैन पहिलो कुरा त म यही क्षेत्रकै मतदाता हूँ मैले मतदान यहीँबाट गर्छु भने चुनाव पनि त यहीँबाट लड्नुपर्यो नि यदि म यहाँको मतदाता नभएर अन्य ठाँउबाट आएर यो क्षेत्रमा चुनाव लड्न लागेको भए उहाँहरुको आरोपलाई आंशिक रुपमा मान्न सकिन्थ्यो होला तर म यहीँको मतदाता पनि हो मेरो बसोबास यही क्षेत्रमा छ भने अवश्य पनि म चुनाव पनि यहीँबाट लड्छु ।’

पूँजी बजारको विकास र महिला अधिकारको विषयलाई केन्द्रमा राखेर आफ्नो चुनावी घोषणापत्र बनाउने तयारी पोखरेलको छ । ‘मेरो पहिलो प्राथमिकता पूँजी बजार नै रहन्छ लामो समयदेखि म पूँजी बजारको विकास र विस्तारका लागि लामो समयदेखि सक्रिय छु मलाई धेरै साथीहरुले पनि यही परिचयबाट चिन्नु हुन्छ, अहिलेका राजनितीक दल र तिनका नेताहरुबाट पूँजी बजारको विकास हुने अवस्था नदेखेर नै मैले चुनाव लड्ने योजना बनाएकी हुँ’ उनले भनिन् ‘सँगसँगै म एउटा महिला भएको नाताले पनि आधा आकाश ढाक्ने महिलाहरुका अधिकार पनि मेरो प्राथमिकतामा रहनेछ अब महिलालाई ३३ प्रतिशत मात्र होईन ५० प्रतिशत आरक्षण दिनुपर्छ भन्ने मरो माग हो’ ।

‘आन्तरिक रुपमा करिब करिब हामीले चुनाव लड्ने तयारी गरिरहेका छौँ आन्तरिक गृहकार्य भइरहेको छ तर औपचारिक घोषणा भने निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गरेपछि मात्र गर्ने तयारीमा छौ’ पोखरेलले भनिन् । 

केहि महिनाअघि सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुले अहिलेका दल र तिनका नेताहरुले पूँजी बजारको विकास र विस्तारका लागि आवश्यक कामहरु नगरेको भन्दै पूँजी बजार विरोधीलाई ‘नो भोट’ अभियान नै चलाएका थिए । अहिलेपनि विभिन्न सामाजिक सञ्जालहरु मार्फत लगानीकर्ताहरुले पूँजी बजारको विरुद्धमा जानै कसैलाई पनि भोट नदिने र जसले पूँजी बजारको ऐजेन्डा बोकेर चुनाव लड्छ उसैलाई सहयोग गर्ने बताइरहेका छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको