Like us!
Follow us!
Connect us!
Watch us!

‘धेरै पार्टीबाट चुनाव लड्न प्रस्ताव आईरहेकाे छ, लगानीकर्ता संसदमा पुगे बजारका सबै समस्या समाधान हुन्छन्’

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, १२ : २४ मा प्रकाशित

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले आँफुजस्ता लगानीकर्ताहरु संसदमा पुगे सेयर बजारका सबै समस्याहरु समाधान हुने बताएकी छन् । अर्थसंसारसंगको कुराकानीमा उनले यस्तो बताएकि हुन् । 

‘अहिले पनि सेयर बजारका समस्याहरु लिएर नेताहरुलाई भेट्न जान पनि घण्टौ कुर्नुपर्ने अवस्था छ अनि वहाँहरुलाई भेटेर बजारका कुराहरु बुझाउन पनि त्यति सजिलो छैन धेरैलाई त बजारका बारेमा ज्ञान नै छैन’ उनले भनिन् ‘राज्यलाई जसरी अहिले पनि सेयर बजार भनेको पूँजीपतिहरुको लागि मात्र हो भन्ने भ्रम छ त्यसलाई चिर्नुपर्ने जरुरी छ अब दवाब दिएर मात्र हुने देखिएन त्यसलै हामि लगानीकर्ताहरु नै नीति निर्माण तहमा जानुपर्छ ।’

अहिले देशमा धेरै स्वतन्त्र उमेद्वारहरु चुनाव लडिरहेको र स्वतन्त्रको माहोल समेत राम्रो बनिरहेको भन्दै उनले संससदमा १० २० जना स्वतन्त्रहरु प्रतिनिधित्व भएमा आफ्ना ऐजेन्डाहरु सजिलै पारित गर्न सकिने समेत दावी उनको छ । 

उनले आँफुलाई विभिन्न दलहरुबाट समेत चुनाव लड्ने अफरहरु आईरहेको भन्दै अहिले सबैसंग छलफल भइरहेको समेत बताइन् । उनले पछिल्लो समय धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कामहरु कुलमान घिसिङको जस्तो देखिएको समेत बताइन् ।  

पोख्रेलसंग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको