Like us!
Follow us!
Connect us!
Watch us!

कोमामा रहेको सेयर बजारका लागि मौद्रिक नीति सिटामोल मात्रै !

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, २१ : ५३ मा प्रकाशित

कोमामा रहेको सेयर बजारका लागि मौद्रिक नीति सिटामोल मात्रै !

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको मौद्रिक नीति कोमाको अवस्थामा रहेको बजारका लागि सिटामोल मात्र भएको प्रतिक्रिया दिएकी छिन् । 

उनले सामापजक सञ्जाल फेसबुक मार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् :

कोमाको अवस्थामा रहेको बजारमा मौद्रिक निति सिटामोल मात्रै ।

४-१२ मा ४ हट्यो १२ यथावत ! यो कसरी राम्रो भयो ?

सेयर धितो कर्जाको सिमामा १२ करोड मात्र ! अचम्म , ४ करोडका दरले ३ बैंक धाउनु पर्नेमा झन्झट हटेर गए पनि अरबौको सेयर हुनेले के १२ करोडमै थान्को लाग्नु पर्ने हो र ? 

लगानीकर्ताले आफ्नो सम्पत्ति राखेर ऋण लिन नपाउनु दुर्भाग्यपूर्ण निति हो । ढिलो छिटो यो खारेज हुनै पर्छ । हाम्रो सम्पतीमा ने रा बैं ले अंकुश लगाउन पाउदैन ।  
२५ लाखसम्मको ऋणमा जोखिम भार १००% .यो सम्म ठिकै हो । साना लगानीकर्तालाई प्रोत्साहन गर्न खोजेको मान्नु पर्छ । 

 मर्जर तथा एक्विजिसनमा जाँदा करोबार नरोकिने। यो बिषय पनि हामिले उठाउदै आएका थियौ । यो परिवर्तित निती सेयर लगानीकर्ताको लागी राम्रो हो । 

बैंकदर ७ प्रतिशत बाट १.५ प्रतिशतले बढाएर ८.५ प्रतिशत पुर्‍याएको छ। यो सरासर गलत हो । यसले बैंकको मार्जिन कर्जाको ब्याज घटन मद्दत गर्दैन । 

पहिलो कुरा CD Ratio हटनु पर्थ्यो र CCD कायम हुनु पर्थ्यो  । त्यो हुन सकेन तथापी CD  Ratio गणना गर्दा २०८० असारसम्म ऋणपत्रलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ। जसले तरलतामा पर्ने चापलाई केहि हदसम्म कम गर्न सहयोग गर्नेछ। 

अन्त्यमा,
 समग्रमा हेर्दा मौद्रिक निती निक्कै नै फुलबुट्टा भरेर आए पनि केही खासै प्रभावकारी भने देखिदैन् । सेयर बजारको लागि राष्ट्र् बैंकको कसुवा नितिमा ज्यादिबिधी खुकुलो पनि आएको मान्न सकिदैन । तथापी राष्ट्रबैंकको निती बजारलाई  नियन्त्रण गरेर आफुले चाहेको बाटोमा हिडाउन खोजेको प्रष्ट देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको