Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको चेपुवा नीतिबाट थिलथिलो बनेको पुँजी बजारमा ब्याज आतंकको प्रहार !

राधा पोखरेल

आइतबार, ०२ असोज २०७९, १९ : ४८ मा प्रकाशित

राष्ट्र बैंकको चेपुवा नीतिबाट थिलथिलो बनेको पुँजी बजारमा ब्याज आतंकको प्रहार !

पछिल्लो समय नेपालको सेयर बजार टुकुटुक हिँड्न थालेको समयमा नियामक निकायबाट बेला बेलामा ‘बेमौसमी बाजा’ बजाउँने गर्दा आमलगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्या देखा पर्दै आएको छ । 

राष्ट्रबैंकका कतिपय बजारविरोधी व्यवस्था, नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताड़ित लगानीकर्ता चारै तिर बाँट थिलथिलो हुदै गएको पुँजी बजारमा 

ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धा लगायतका कारणले बजार घटिरहँदा धेरै लगानीकर्ता अलमलमा छदैछन् त्यस्को बाबजुद लगानीकर्ता हरुलाई चर्याई रहेको घाँउमा राष्ट्रबैंकले थप नुन चुक छर्किएको छ । 

नियामक निकायले समय समयमा लिने निति नियमको परिवर्तन हेर्दा खर्बौंको बजारसँग लंगुर्बुर्जाको जस्तो ब्यवहार गर्ने गरेको छ । 
केही महिनादेखि निरन्तर ओरालो लागेको नेपाली पुँजीबजारमा आज ३३.९७ अंकले घटी १८.७६.४१ अंक कायम भएको छ । 

नेप्से निरन्तर ओरालो लाग्दा विशेष गरी साना र नयाँ लगानीकर्ता निकै चेपुवामा परेका छन् । उनीहरुको पीडाको कतैबाट पनि सुनुवाई हुन सकेको छैन । हाम्रो बजारमा पछिल्लो समय साना लगानीकर्ता र गृहिणीहरुको ठूलो समूह प्रवेश भएको छ । अझ भन्नौ‌ हामी जस्ता युवाको बजारमा लगानी गरी नेपालमै केही गरौं भन्ने  सोचका साथ विदेश मोह नै हराएको देख्दा मेरो मन रोमान्चित भएर आउँथ्यौं !

युवाहरूले आफ्नै देशमा बसेर केही न केही गरौं भनेर पुँजी बजारमा हात हाल्नेको सपनामा तुषारापात आएको छ । दैनिक घरायशी खर्च कटाएर सेयर बजारमा लगानी गर्ने हरुको अवस्था झन् निकै दयनीय बन्दै गइहरेको देखिन्छ । 

राज्यको आयको दह्रो श्रोतमा पुँजी बजारको हिस्सा पनि ठुलै रहेको छ । तर सरकारले पुँजी बजारबाट एकतर्फी लिन मात्र खोजेको देखिन्छ। आजसम्म कुनै पनि सरकारले संवेदनशिल भएर समग्र बजार र लगानिकर्तालाई पनि केहि दिउँ भन्ने सोचेको देखिएको छैन् ।

छ महिना अगाडी देखिको बैंकर्स संघको भद्र सहमति गत हप्ता एकाएक तोडियो । गत भाद्र ३१ गते ब्याज आतंकको म्याराथुनमा को प्रथम हुने भन्ने बैंक हरुमा होड नै चल्यो । सबै कमर्सियल बैंकहरुलाई चक्मा दिँदै प्रभू बैंक प्रथम हुन पुग्यो । यो बैंकले यति सम्म निर्लज्ज र घटिया ब्याज दर घोषणा गर्यो जुन ब्याजदरको ललिपपमा सोझासिधा बचतकर्ताहरु एकाएक प्रभूको शरणमा पुगे । यस बैंकले  ३ महिने मुद्दतीमा १५.१३ प्रतिशत  ब्याज दिन्छौ मात्रै भनेन अन्य कैयन खाले स्किमको फेहरिस्ता नै प्रश्तुत गर्न भ्यायो । तर जो पैसाको थैली बोकेर उक्त हैंकमा गए तिनलाई १५.१३ प्रतिशतको ब्याजमा पैसा राख्न फलामे च्यूरा चपाउनु भन्दा कठिन शर्त बैंकले तेर्स्यायो । जुन जो कोहीले पनि नसक्ने किसिमको थियो ।

नौटंकि मन्चन गर्दै यो त हाम्रो "रेमिटेन्स मुद्दती बचत" भन्न समेत भ्यायो । पब्लिस गर्दा रेमिटेन्सको 'र' सम्म पनि नलेखेको बैंकले एका एक रेमिटेन्स मुद्दती भनि यो खातामा नराख्न र १२.१३ प्रतिशत वाला ३ महिने मुद्दतीमा राख्न सुझाउदै गयो । आम बचतकर्तालाई म यो पनि भन्न चाहन्छु की झुक्यानमा परि महँगो ब्याज आउने लालसामा पैसा नथन्क्याउनु होला । यो बैंकले मुखबाट खाएको कोखाबाट निकाल्ने पक्का छ । यो त एउटा प्रतिनिधी घटना मात्रै हो । 

हामी सबैले भरोषा गरेको नेपाल राष्ट्र बैंक पनि यिनै नौटंकीको पछाडी हो मा हो मिलाउदै हिडेको देख्दा मलाई ताजुब लागेर आउछ । यदी राष्ट्र बैंक आम जनताको पक्षमा उभिने हो भने १ हप्तामा यो समस्या समाधान हुन्छ । हामिले भन्दै आएको CD लाई CCD मा रुपान्तरण गरिदिनुस भन्दा उल्टै SLR मा १ पर्तिशतले बृद्दी गरि बैंकहरुको कुल ५० अर्ब जति लगेर ने रा बैंले आफ्नो ढुकुटीमा थन्क्याई दिएको छ । आज त्यसको मारमा उध्योगी , ब्यापारीका साथै सेयर बजारका लगानीकर्ता उठनै नसक्ने गरि मारमा परेका छन । अन्तमा म के भन्छु भने यि निर्लज्ज बैंकलाई समयमै नेराबैंले लगाम नलगाउने हो भने आगामी आश्बिनको अन्त्य सम्म ३ महिने मुद्दतीमा १७% सम्म ब्याज दिन्छौ भन्न पनि बेर लाग्दैन । त्यस पछी कर्जाको ब्याज २०/२२ प्रतिशत नपुग्ला भन्न सकिदैन । र, बैंक पनि डुब्ने , उध्योगी पनि डुब्ने र सेयर बजार पनि क्य्रास हुनेछ ।

यहि अबस्था रहेँ पटक पटक गभर्नर ज्यूले नेपाललाई  श्रीलंका हुन्छ भने जस्तो पक्कै पनि हुनेछ । त्यो दिन धेरै टाढा छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको