Like us!
Follow us!
Connect us!
Watch us!

अदालतले लगानीकर्तामाथि अन्याय गर्यो, आन्दोलन सबै समस्याको समाधान होईन : राधा पोखरेल

लगानीकर्ताको आवाज

मंगलबार, २९ कार्तिक २०७९, ११ : ३० मा प्रकाशित

सर्वोच्व अदालतको ब्रोकर लाईसेन्स र स्टक एक्सचेन्जको लाईसेन्स रोक्ने आदेशले नेपालका ५४ लाख लगानीकर्ताहरु माथि अन्याय गरेको बताउँछिन् नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल । अर्थसंसार डटकमको नियमित कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा पोखरेलले यस्तो बताएकी हुन् ।

‘पूँजी बजार आँफैमा पूँजी निर्माण गर्ने थलो यहाँबाट छरियर रहेको पूँजीलाई एकिकृत गरी विभिन्न उत्पादनमूलक उद्योग व्यबसायमा लगानी गर्ने गरिन्छ यसरी हेर्दा यसलाई अनउत्पनदनमूलक क्षेत्र मान्न सकिँदैन’ उनले भनिन् ‘तर पछिल्लो सयम आजै सेयर किनेर १-२ दिनमै नाफा कमाउन खोज्नेहरुले नै हो पूँजी बजारलाई जुवाघर जस्तै बनाएको ।’

पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरुले आज वा भोलिको मात्र सोच नराखी दिर्घकालिन सोच राखेर मात्र लगानी गर्नुपर्ने उनको तर्क छ । ‘आज भोलिलाई मात्र हेर्यो भने बजारबाट केहि नाफा नोक्सान होला तर दिर्घकालिन सोच राखेर लगानी गर्यो भने त्यसबाट नाफा मात्रै पनि कमाउन सकिन्छ’ उनले भनिन् । 

अहिले पूँजी बजारका विभिन्न एजेन्डाहरु सहित चुनावमा होमिएका सबै लगानीकर्ताहरुलाई सबै लगानीकर्ताहरुले साथ दिनु पर्ने बताउँछिन् उनी । ‘म अहिले मेरो केहि व्यक्तिगत कारणले पनि हाम्रा लगानीकर्ता साथीहरुको चुवानी क्याम्पियनमा सहभागी हुन सकिरहेकी छैन तर म आम लगानीकर्ता साथिहरुलाई आग्रह गर्न चाहान्छु यो समय परिवर्तनको हो त्यसैले सबैले आफ्नो आफ्नो ठाँउबाट चुनावमा होमियका साथिहरुलाई सहयोग गरौँ’ उनले भनिन् । 

पोखरेलसँग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको