Like us!
Follow us!
Connect us!
Watch us!

NHPC को ५०% हकप्रद छिट्टै जारी हुने, विधुत नियमन आयोगबाट स्विकृती पाउने अन्तिम चरणमा

अर्थ संसार

सोमबार, २० असार २०७९, ०९ : ५४ मा प्रकाशित

NHPC  को ५०% हकप्रद छिट्टै जारी हुने, विधुत नियमन आयोगबाट स्विकृती पाउने अन्तिम चरणमा

नेशनल हाइड्रोपावरको गत चैत्र ११ गते सम्पन्न साधारणसभाले संचालक समितिले गरेको १९.५% लाभांश र ५०% हकप्रद सेयर जारी गर्ने प्रस्ताब पारित गरेको थियो। साधारणसभा बाट पारित १८.५% बोनस सेयर लगानीकर्ताहरुको डिम्याट खातामा आईसकेको छ। 

त्यस्तै कम्पनीले जारी गर्ने भनेको ५०% हकप्रदको प्रकृया पनि निकै अगाडी बढिसकेको छ। कम्पनीले २ महिना अघि नै विधुत नियमन आयोग र धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ। हकप्रद जारी गर्ने सन्दर्भमा साधारणसभा बाट पारित भएको मितिले २ महिना भित्र नियामक निकायहरुमा आवेदन दिईसक्नुपर्ने भएकाले नियमन आयोग र धितोपत्र बोर्डमा आवेदन दिईएको जानकारी कम्पनीका निर्देशक तथा प्रवक्ता विश्वेश्वर सुबेदीले दिएका छन्। 

'हामी विधुत नियमन आयोगसंग निरन्तर संवाद र फलोअपमा छौं। सम्भवत: २/४ दिनभित्रै हामीले हकप्रद जारी गर्ने अनुमति पाउनेछौं। उहाँहरुले अब केहि दिन कुर्नुस, अन्तिम चरणमा छौं भन्नुभएको छ। मलाई लाग्छ छिटै नै हामीले आयोगबाट अनुमति पाउनेछौं।' उनले बताए।  

उता धितोपत्र बोर्डमा पनि कम्पनीले आवेदन गरिसकेको हुनाले विधुत नियमन आयोगले स्विकृती दिएको केहि समयभित्रै बोर्डले पनि अनुमति दिने सम्भावना रहेको छ। आयोगबाट स्विकृती पाउने बित्तिकै हामी धितोपत्र बोर्ड सँग समन्वय गर्ने पनि सुबेदीले बताएका छन्।   

कुमार पाण्डेले नेशनल हाइड्रोको नेतृत्व सम्हालेपछि कम्पनीको वित्तिय अवस्था र सुशाशन राम्रो बन्दै गएको छ। यसअघि ऋणात्मक रिजर्भकोष रहेको कम्पनीले तल्लो इन्द्रावती जलविद्युत आयोजनाको लाइसेन्स पाएपछि सोहि कम्पनीमा फसेको करिब ६५ करोड राइट ब्याक गर्दा कम्पनीको रिजर्भ कोष सकारात्मक भएको थियो। आगामी दिनमा अहिले निर्माणाधीन रहेका आयोजनाहरु सम्पन्न गर्ने र ४०/५० मेगावाटको अर्को प्रोजेक्टको सुरुवात गर्ने योजना कम्पनीको रहेको छ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको