Like us!
Follow us!
Connect us!
Watch us!

अत्याधुनिक तथा नयाँ मोडलका दाहुवाका सि.सि टिभी स्टकमा

अर्थ संसार

सोमबार, २० असार २०७९, १३ : ५५ मा प्रकाशित

अत्याधुनिक तथा नयाँ मोडलका दाहुवाका सि.सि टिभी स्टकमा

नेपाली बजारमा दाहुवाको अधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सि.सि टिभीहरु हालै आयात गरेको छ ।

कम्पनीले घर, अफिस, टोल-बस्ती, स्कुल कलेज, सपिङ्ग मल, हाउजिङ्ग, अपार्टमेन्ट तथा हाईवेका लागी उपयुक्त हुने किसिमका अत्याधुनिक क्यामराहरु उपलब्ध गराउनेछ।

नेपाली ग्राहकहरुको माग र रोजाईको आधारमा आयात गरिएका दाहुवाका उक्त क्यामरा उपयुक्त मात्रामा स्टकमा रहेको छ ।

हाल आयात गरिएका सि.सि टिभीहरुमा अहिले बजारमा उपलब्ध भईरहेका भन्दा आधुनिक सेडुयल एआई टेक्नोलोजीमा आधारित, स्मार्ट मोसन डिटेक्सन प्लस, फेस डिटेक्सन/रिक्कनाईजेसन, पेरिमिटर डिटेक्सन गर्ने, नाईट कलर फ्युजन टेक्नोजोली सहित आवाज रेकडिङ्ग गर्नसक्ने विशेष सुविधाहरु रहेको छ। 

त्यसैगरी, मानिस तथा सवारी साधानको आवत जावत तथा चहलपहल मात्र रेकडिङ्ग गर्ने फोर के रियल टाईम फिचर भएको, हाईवेहरुमा उपयुक्त हुने पि टि जेड लगायतका अटो नम्बर प्लेट डिटेक्सन, यातायातका साधनका मोडल र रंग पत्ता लगाउने भेईकल मेटा डाटा, मानिसहरुले मास्क लगायता पनि अनुहार पत्ता लगाउने ह्युमन मेटा डाटा, तापक्रम पत्ता लगाउन सक्ने थर्मल क्यामराहरु आयात गरिएको छ ।

ग्राहकहरुले माग गरेको अवस्थामा उनीहरुको आवश्यकता र सुबिधाअनुसारका दाहुवाको सि.सि क्यामराहरु उपलब्ध गराईनेछ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको