Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरपछि पद र तलब नघट्ने व्यवस्था मिलाउन बीमा कम्पनीलाई समितिको आग्रह

अर्थ संसार

मंगलबार, २१ असार २०७९, १६ : ०५ मा प्रकाशित

मर्जरपछि पद र तलब नघट्ने व्यवस्था मिलाउन बीमा कम्पनीलाई समितिको आग्रह

बीमा समितिले मर्जरपछि पद र तलब नघट्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरूलाई आग्रह गरेको छ । 

समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीहरुकाे नाममा एक परिपत्र जारी गर्दै समितिबाट बीमकहरु गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियालाई व्यवस्थित गर्न मिति २०७९/०३/०६ मा जारी भएको गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी परिपत्रको बुदाँ ६ (क) को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएको “गाभ्ने गाभिनेमा कार्यमा संस्थाका सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक उक्त समितिको सदस्य हुन पाइने छैन ।” भन्ने व्यवस्था हटाइएको तथा कर्मचारी व्यवस्थापन सम्बन्धमा निम्नलिखित बुदा नं. ११ को व्यवस्था थप गरिएको जानकारी दखिएकाे छ ।

थपिएकाे व्यवस्था यस प्रकारका छन् :

१. गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुको व्यवस्थापन गर्दा निम्न विषयमा ध्यान दिनुपर्नेछ :

क) गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमकमा निजहरुले साविकमा रहेको पद अनुसारको तह वा श्रेणी भन्दा कम नहुने गरी पदमिलान गर्नुपर्नेछ।

ख) गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुको गाभिएर कायम हुने बीमकका कर्मचारीलाई कुनै मर्का नपर्ने गरी र निजहरुले साविकमा खाईपाई आएको तलब, भत्ता तथा सुविधा भन्दा नघट्ने गरी व्यवस्था गर्नुपर्नेछ ।

ग) गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुको गाभिएर कायम हुने बीमकमा कार्यरत हुन इच्छुक नरहेका व्यवस्थापकीय तथा अन्य कर्मचारीहरुको हकमा उपयुक्त सुविधा सहितको स्वेच्छिक अवकाशको योजना बनाई लागु गर्नुपर्नेछ । 

समितिले सार्वजनिक गरेकाे परिपत्र यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको