Like us!
Follow us!
Connect us!
Watch us!

डेली चार्टमा बन्यो ह्यामर क्यान्डल, पिभोट एरियाबाट बढ्यो बजार !

बसन्त पाण्डे

बुधबार, २२ असार २०७९, १६ : ०८ मा प्रकाशित

डेली चार्टमा बन्यो ह्यामर क्यान्डल, पिभोट एरियाबाट बढ्यो बजार !

आज बुधबार नेप्से परिसूचक १३.३३ अंकले बढेको छ। २ अर्ब १७ करोडको कारोबार भएको बजारमा ६ लाख २६ हजार कित्ता भन्दा बढी सेयर खरिद बिक्रि भएको छ। कारोबारको सुरुवातदेखि नै सेलिङ्ग प्रेसर देखिएको बजारमा बिस्तारै खरिदकर्ताहरु हावी हुँदै गए र अन्त्यमा दोहोरो अंकले बढेर बजार बन्द भयो।  

पिभोट एरियाबाट फर्कियो बजार 

२ साताअघि १८०७ को बिन्दुबाट माथितिर लाग्न थालेको बजार २१४७ को बिन्दुसम्म पुगेको थियो। २ साताको अवधिमा १९% ले बढेको बजारमा ७% को करेक्सन आएको हो। २१४७ को बिन्दुबाट १५५ अंकले घटेर १९९४ को बिन्दुसम्म झरेर त्यहाँबाट माथितिर लाग्न थालेको बजार २०४३.९२ मा क्लोज भयो। नेप्सेको डेली चार्टमा २००० को बिन्दु भनेको पिभोट बिन्दु हो। पिभोट पोइन्टको आसपासलाई सपोर्ट बनाएर बजार बढ्नुलाई प्राविधिक विश्लेषणमा निकै महत्वपूर्ण मानिन्छ। यसले बजार अप ट्रेन्डमा रहेको संकेत गर्दछ। यदि भोलि बजार २०६० को लेभलभन्दा माथि क्लोज भयो भने बजार थप बलियो बन्नेछ।  

डेली चार्टमा बन्यो ह्यामर क्यान्डल 

लगातार दुई दिनको गिरावटपछि डेली चार्टमा आज ह्यामर क्यान्डल बनेको छ। घटिरहेको बजारमा ह्यामर क्यान्डल बन्नुले बजारमा खरिदकर्ताहरु हावी हुँदै गएको संदेश दिने गर्दछ। १९९४ को बिन्दुसम्म खसिसकेको बजार २०४३ मा क्लोज हुनु भनेको करिब ५० अंकले बढ्नु हो। सुरुवाती चरणमा बिक्रिकर्ताहरुले सेलिङ्ग प्रेसर दिएर घटेको बजारमा एकाएक खरिदकर्ताहरु इन्ट्री गरी खरिदकर्ताहरुले बायिङ्ग प्रेसर क्रियट गरिसकेपछि ह्यामर क्यानडल बन्ने गर्दछ। ह्यामर क्यानडल बनिसकेपछि भोलिपल्ट बुलिश क्यान्डल बन्यो भने बजार माथितिरै जाने सम्भावना उच्च हुने गर्दछ। त्यसैले भोलिको कारोबारले बजारको आगामी ट्रेन्डको निर्धारण गर्नेछ।  

लगानीकर्ताहरुले ध्यान दिनुपर्ने बिन्दुहरु

बजार माथितिरै जाने हो भने भोलि नेप्से परिसूचक २०६० भन्दा माथि नै क्लोज हुनुपर्ने हुन्छ। यदि बजार २०६० भन्दा माथि नै क्लोज हुन्छ भने २१०० को रेसिस्टेन्स ब्रेक हुने सम्भावना उच्च हुन्छ। यदि भोलि बजार बढ्न सकेन र रातो क्यानडल बन्यो भने चाहिँ बजार तलातिरै झर्न सक्ने सम्भावना उच्च भएर जान्छ। त्यसैले भोलिको कारोबारलाई लगानीकर्ताहरुले विशेष महत्वका साथ हेर्नुपर्ने देखिन्छ।  

62c563f7ea071.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको