Like us!
Follow us!
Connect us!
Watch us!

डिमाण्ड जोनबाट बढ्यो बजार, 'टिक्ला' त?

अर्थ संसार

मंगलबार, ०५ भदौ २०८०, १६ : ३१ मा प्रकाशित

डिमाण्ड जोनबाट बढ्यो बजार, 'टिक्ला' त?

साताको तेस्रो कारोबारको दिन १७.५१ अंकले बढ्दै आज नेप्से परिसूचक २०१५ को बिन्दुमा क्लोज भएको छ।  करिब १ महिना अघि २४ जुलाईका दिन २२४३ को बिन्दुसम्म पुगेको नेप्से १९९० अङ्कसम्म झरेको थियो। यो बिचमा नेप्सेमा २५० अंकको गिरावट आईसकेको छ। 
डिमाण्ड जोनको आसपासमा आईपुगेको बजारमा आज हरियो क्यान्डल बन्नुलाई सकारात्मक रुपमा लिन सकिन्छ।  

हिजो सोमबार पनि बजार १९९० सम्म झरिसकेपछि खरिदकर्ताहरु सकृय भएका थिए। सोमबार बजार बढेर २०२० को बिन्दुसम्म पुगेको भएतापनि अन्त्यमा १९९८ को बिन्दुमा क्लोज भयो। मंगलबार पनि बजार १९९० को बिन्दुमा आईसकेपछि बिस्तारै खरिदकर्ताहरु सकृय हुँदै गए र अन्त्यमा दोहोरो अंकले बढेर बजार बन्द भयो। आज बजार बढ्नुमा हाईड्रोपावर सेक्टरको महत्वपूर्ण योगदान रह्यो। घटेर २०३४ कै बिन्दुमा पुगिसकेको हाइड्रो इन्डेक्स अन्त्यमा २०९० को बिन्दुमा क्लोज भयो।

अब कस्तो रहन सक्छ बजारको यात्रा ? 

१९९०-१९६० को महत्वपूर्ण डिमाण्ड जोनमै प्रवेश गरेर मंगलबार बजार बढेको छ। अब तत्कालै हेर्नुपर्ने एरिया भनेको २०२० को एरिया हो। आज मंगलबार २०१५ को बिन्दुमा क्लोज भएको बजार बुधबार २०२० भन्दा माथि बस्नसक्ने सम्भावना निकै उच्च छ। यदि बजार २०२० माथि क्लोज हुन्छ भने 'अर्ली सिग्नल' जेनेरेट हुन्छ। बजार २०२० को बिन्दुभन्दा माथि सस्टेन भयो भने नेप्से २२४३ को बिन्दुबाट खस्दै गर्दा बनेको डाउन ट्रेन्ड पनि ब्रेक हुन जान्छ।  

त्यस्तै अब यो बजार बढेर माथि नै जान्छ भन्ने कुराको कन्फरमेसन चाहिँ नेप्से २०४२ भन्दा माथि लाग्न थालेपछि मात्रै आउनेछ। टर्नओभरले पनि साथ दिनुपर्ने हुन्छ। पछिल्लो समय बजारमा टर्नओभर स्वात्तै सुकेको छ। आगामी दिनहरुमा २ अर्ब माथिको टर्नओभर सहित बजार २०४२ माथि लाग्छ भने बजारले अर्को उचाई तय गर्नसक्ने सम्भावना बढेर जानेछ। 

 

64e492e58fa87.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको