Like us!
Follow us!
Connect us!
Watch us!

'ओभरसोल्ड जोन' मा नेप्से, यी एरियाहरुबाट फर्किन सक्ने

बसन्त पाण्डे

सोमबार, २७ भदौ २०७९, १७ : ४१ मा प्रकाशित

'ओभरसोल्ड जोन' मा नेप्से, यी एरियाहरुबाट फर्किन सक्ने

साताको दोश्रो कारोबारको दिन आज सोमबार नेप्से परिसूचक १३.५४ अङ्कले घटेर १९१२.७५ को बिन्दुमा आईपुगेको छ। आज सहित बजार रातोमै बन्द भएको यो छैठौँ दिन हो। बजार घट्दै गर्दा कारोबार रकम पनि खुम्चिएको छ। हिजो र आज त कारोबार रकम १ अर्ब पनि पुग्न सकेन। 

लगातार घटेको बजार आज एउटा महत्वपूर्ण बिन्दुमा आईपुगेको छ। यसअघि बजार १८०७ को बिन्दुबाट बढेर २१४७ को बिन्दुसम्म पुग्दै २१४७ को बिन्दुबाट खसेर १९१० को बिन्दुमा आएको थियो। अहिले बजार फेरी सोहि बिन्दुमा आइपुगेको छ। 

फ़लिङ्ग वेज प्याटर्न

बजार २२२४ को बिन्दुबाट खस्दै गर्दा नेप्सेको चार्टमा फ़लिङ्ग वेज प्याटर्न बनेको छ। फलिंग वेज चार्ट प्याटर्नलाई बुलिश रिभर्सल प्याटर्नको रुपमा लिईन्छ। आज सोमबार नेप्से परिसूचक सपोर्ट लाइनमा आइपुगेको छ। यो सपोर्ट लाइनलाई मेन्टेन गरुन्जेलसम्म फलिंग वेज प्याटर्न भ्यालिड नै रहन्छ। बजार माथि जाने क्रममा बजारले राम्रो भोलुम सहित १९४० को बिन्दुलाई ब्रेक गरेको खण्डमा नेप्से परिसूचक २२२४ को बिन्दुबाट तल खस्दा बनेको  डाउन ट्रेन्ड लाइन ब्रेक हुनेछ र बजारले अप ट्रेन्ड समात्ने सम्भावना बढेर जानेछ।  

आरएसआई 

नेप्सेको डेली चार्टमा आरएसआई लगाएर हेर्दा आरएसआई परिसूचक २६.१९ को लेभलमा आएको छ।  ३० भन्दा तलको आरएसआईलाई ओभरसोल्ड मानिन्छ। सेयर बेच्नेहरुले बेचिसकेको र अब थप बेच्न खासै बाँकी नरहेको कुरा आरएसआई स्केलले देखाएको छ। हुन त वियरिस बजारमा  आरएसआई २० भन्दा पनि तल झर्ने गरेको पाइन्छ तर हिजो आइतबारसम्म २९ को स्केलमा रहेको आरएसआई आज सोमबार बजार १३ अङ्कले खस्दैमा २६ को लेभलमा झर्न सक्छ भने अब थप २०/३० अङ्कले बजार घट्यो भने आरएसआई २० कै आसपासमा आउन सक्ने देखिन्छ।  

पिभोट सपोर्ट 

पिभोट सपोर्ट निकै महत्वपूर्ण इण्डिकेटर हो। यसले बजारको सम्भावित रिभर्सल पोइन्टहरु देखाउने गर्दछ। अहिले नेप्से पिभोट लेभलभन्दा तल छ। पिभोट लेभल २०५० मा छ भने पहिलो बलियो सपोर्टको एरिया १८८५ मा देखिन्छ। यदि बजार अझै तल खस्यो भने पनि १८८० देखि १८९० को एरिया निकै महत्वपूर्ण रहनेछ। त्यसैले १८८० देखि १८९० को एरियालाई निकै महत्वका साथ हेर्नुपर्ने देखिन्छ।  

बजार ओभरसोल्ड जोनमा आईसकेको हुँदा बजारमा अहिले मल्टिपल सपोर्टका एरियाहरु रहेका छन्। १९१० देखि १९०० को महत्वपूर्ण सपोर्टको एरिया छ भने पिभोट सपोर्टको एरिया १८८५ को एरियामा छ। बजार महत्वपूर्ण सपोर्ट जोनतिर आइपुग्दै गर्दा ट्रेडरहरुले छोटो समयको कारोबारका लागि पनि खरिद गर्न सक्ने देखिन्छ जसले बजार केहि हदसम्म बढ्न सक्ने सम्भावना देखाएको छ।  

631f1f2ce9514.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको