Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको १ घन्टे चार्टमा देखियो बुलिश डाइभर्जेन्स: फलिङ्ग वेज प्याटर्न ब्रेक हुने संघारमा

बसन्त पाण्डे

बुधबार, २२ भदौ २०७९, १८ : १५ मा प्रकाशित

नेप्सेको १ घन्टे चार्टमा देखियो बुलिश डाइभर्जेन्स: फलिङ्ग वेज प्याटर्न ब्रेक हुने संघारमा

नेप्सेको १ घन्टे चार्टमा बुलिश डाइभर्जेन्स देखिएको छ। १ सेप्टेम्बरको दिन नेप्से परिसूचक १९५२ को बिन्दुसम्म झरेर माथितिर लाग्न थालेको थियो। १९८८ को बिन्दुसम्म पुगेको नेप्से परिसूचक त्यसपछि घटेर आज ७ सेप्टेम्बर २०२२ को दिनमा १९३३ सम्म झरेको देखिन्छ। आज १९३३ को बिन्दुसम्म झरेको परिसूचक अन्त्यमा १९३९ को बिन्दुमा क्लोज भएको छ। तर बजारले नयाँ लो बनाउँदा मोमेण्टम इण्डिकेटरहरु आरएसआई र एमएसीडिले भने लोवर लो बनाएको छैन। नेप्से परिसूचक १९५३ को बिन्दुमा आउँदा १ घन्टे चार्टमा आरएसआई १९ को लेभलमा आईपुगेको थियो तर आज नेप्से परिसूचक १९३३ को बिन्दुमा आईपुग्दा आरएसआई २५ को बिन्दुसम्म मात्रै आईपुगेको थियो। बजार बन्दा हुने बेला आरएसआई ३० को बिन्दुमा पुगेको छ। त्यस्तै एमएसीडी इण्डिकेटरमा पनि डाइभर्जेन्स देखिएको छ। यसरी आरएसआई र एमएसीडी दुबै इण्डिकेटरमा बुलिश डाइभर्जेन्स देखिनुले आउने दिनहरुमा बजार बढ्न सक्ने सम्भावना बढ्ने गर्दछ।  

फ़लिङ्ग वेज प्याटर्न ब्रेकआउट होला त ? 

नेप्से परिसूचक २२२४ को बिन्दुबाट खसेर २००४ को बिन्दुसम्म आयो। २००४ को बिन्दुबाट २०८८ को बिन्दुसम्म पुगेको बजार फेरी खसेर १९५२ को बिन्दुसम्म आयो। १९५२ बाट बढेर १९८८ सम्म पुग्यो र फेरी झरेर १९३२ को बिन्दुमा आईपुग्यो। यसरी बजारमा उतार चढाव आउने क्रममा फ़लिङ्ग वेज प्याटर्न बनेको छ। फ़लिङ्ग वेजलाई बुलिश प्याटर्न मानिन्छ। यदि बजारले आउने दिनमा राम्रो भोलुम सहित १९७० को लेभललाई ब्रेक गरेमा बजार बढ्न सक्ने देखिन्छ। बजारले १९७० को बिन्दुलाई ब्रेक गरेको खण्डमा २२२४ को बिन्दुबाट घट्दै गर्दा बनेको डाउन ट्रेन्ड पनि ब्रेक गर्नेछ।  

अब आउने दिनहरुमा बजारले १९७० देखि १९७५ को एरियामा रेसिस्टेन्स फेस गर्ने सम्भावना छ। यदि सो रेसिस्टेन्सको लेभललाई ब्रेक गरेको खण्डमा बजार बढेर माथितिरै जाने सम्भावना बढेर जाने देखिन्छ। यदि बजारले १९२० को बिन्दुलाई ब्रेक गरेको खण्डमा अर्को सपोर्ट एरिया १८८५ तिर रहेको देख्न सकिन्छ।  
 

63189078a5e1c.png 631890860512f.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको