Like us!
Follow us!
Connect us!
Watch us!

ब्रेक भयो फलिङ्ग वेज प्याटर्न, कस्तो रहला अबको बजार ?

बसन्त पाण्डे

बुधबार, २९ भदौ २०७९, १७ : ०१ मा प्रकाशित

ब्रेक भयो फलिङ्ग वेज प्याटर्न, कस्तो रहला अबको बजार ?

आज बुधबार नेप्से परिसूचक ४७.४४ अंकले बढेको छ। कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा निकै बढेको छ। केहि दिनदेखि १ अर्ब रकम बराबरको कारोबार पनि हुन नसकेको बजारमा आज १ अर्ब ४५ करोड बराबरको कारोबार भएको छ। परिसूचक बढ्दै जाँदा कारोबार रकम पनि बढ्नुलाई प्राविधिक विश्लेषणमा निकै सकारात्मक रुपमा लिईने गरिन्छ।  

कस्तो रह्यो आजको बजार ?

नेप्से परिसूचक २२२४ को बिन्दुबाट तलतिर झर्दै गर्दा बनेको डाउन ट्रेन्ड आज ब्रेक भएको छ। बजारले १९४५० को बिन्दुलाई राम्रो भोलुम सहित ब्रेक गरेपछि डाउन ट्रेन्ड ब्रेक भएको हो। हिजोको विश्लेषणमा हामीले यदि बजारले १९४० को बिन्दुलाई राम्रो कारोबार रकम सहित ब्रेक गरेको खण्डमा बजार बढ्न सक्ने सम्भावना रहन्छ भनेका थियौं। आज बजार १९८१.४८ को बिन्दुमा क्लोज भएसंगै डाउन ट्रेन्ड ब्रेक भएर बजार माथितिर लागेको छ। 

मिड बुलिंगर ब्याण्डमा बजार 

नेप्सेको डेली चार्टमा बुलिंगर ब्याण्ड लगाएर हेर्दा बजार ठ्याक्कै मिड बुलिंगर ब्याण्डमा आइपुगेको छ। मिड बुलिंगर ब्याण्ड माथि बजार स्टेबल हुन सकेमा बजारको यात्रा माथितिरकै हुनसक्ने अनुमान गर्न सकिन्छ। यदि भोली बजार १९८५ भन्दा माथि नै क्लोज हुन सक्यो भने बजार बढेर माथि नै जानसक्ने सम्भावना देखिन्छ।  

रेसिस्टेन्सको एरियाहरु 

मिड बुलिंगर ब्याण्डको रेसिस्टेन्सलाई ब्रेक गरेर बजार माथितिर बस्न सफल भयो भने त्यसपछिको रेसिस्टेन्स २०३० को बिन्दुमा हुनसक्ने देखिन्छ। २२२४ र १९०७ को बिन्दुहरुलाई आधार मान्दै फ़िबोनासी लगाएर हेर्दा २०३० को बिन्दु ०.३८२ रिट्रेशमेन्ट लेभल हुन आउँछ। यदि बजारले २०३० को बिन्दुलाई पनि ब्रेक गर्दै माथि बस्न सकेको खण्डमा बजार २१०० भन्दा पनि माथि जान सक्ने देखिन्छ।  
 

6321b87dd0b52.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको