Like us!
Follow us!
Connect us!
Watch us!

गत सातादेखि बजार साइडवेजमा, एकुमुलेसन हुँदैछ कि डिस्ट्रिब्युसन ?

बसन्त पाण्डे

सोमबार, ०६ भदौ २०७९, १८ : १४ मा प्रकाशित

गत सातादेखि बजार साइडवेजमा, एकुमुलेसन हुँदैछ कि डिस्ट्रिब्युसन ?

विगत केहि दिनदेखि बजार साइडवेजमा छ। नेप्से परिसूचक २०३५ देखि २०८८ को बिचमा घुमिरहेको छ। औसतमा २ अर्बको कारोबार भैरहेको पछिल्लो समयको बजार साइडवेजमा बसेसंगै अहिलेको बजारमा सेयर एकुमुलेसन भईरहेको छ कि डिस्ट्रिब्युसन भईरहेको छ भन्ने चासो आम लगानीकर्तामा रहेको पाइन्छ।  

साइडवेजमा बजार 

अघिल्लो हप्ताको सोमबार, साउन ३० गतेका दिन बजार २००४ को बिन्दुसम्म झरेर माथितिर लाग्न थाल्यो। सो दिन बजार उच्च अंकले बढ्दै २०६५ को बिन्दुमा क्लोज भएको थियो। भोलिपल्ट मंगलबारको दिन सुरुमा बढेर २०८८ को बिन्दुसम्म पुग्यो र खस्न थाल्यो। त्यसपछि बजार घट्ने क्रममा नेप्से परिसूचक २०३५ को बिन्दुसम्म झर्यो। भाद्र ५ गते आइतबारका दिन बजार २०८८ को बिन्दुसम्म पुन: एकपटक पुग्यो र त्यो बिन्दुबाट खस्न थाल्यो। आज भाद्र ६ गते सोमबारको दिन नेप्से परिसूचक २०५३ को बिन्दुमा रहेको छ। यसरी विगत १ हप्तादेखि बजार साइडवेजमा चलिरहेको छ। 

साइडवेजले विशेष महत्व राख्ने गरेको ईतिहास 

सेयर बजारमा ईतिहास दोहोरिन्छ भन्ने मान्यता राख्ने गरिन्छ। विगतका ईतिहास हेर्ने हो भने बजारमा साईडवेज प्याटर्नको विशेष महत्व रहने गरेको पाईन्छ।  बजार साइडवेजमा गईसकेपछि यदि बजारले माथितिर ब्रेकआउट गर्यो भने बजार शार्प रुपमा माथितिर जाने गरेको ईतिहास  छ भने ब्रेक डाउन भयो भने बजार शार्प रुपमा तलतिर जाने गरेको पाईन्छ। विशेषगरी बजार निकै दिनदेखि बढेर माथितिर गईरहेको अवस्थामा बजार साइडवेजमा जाँदा बजार घटेरै गएको ईतिहास छ भने बजार तल्लो लेभलमा हुँदा बजार साइडवेजमा जाँदा प्राय: बजार बढेर माथितिरै गएको देखिन्छ। यसअघि डिसेम्बर २०२० को महिनाभरि नै बजार साइडवेजमा चलेको थियो। त्यो बेला बजार १९२० देखि २१२० को बिचमा १ महिनासम्म बसेको थियो। त्यसपछि जब बजारले २१२० को लेभललाई ब्रेक गर्यो बजार शार्प रुपमा बढेर २६७० को बिन्दुसम्म पुगेको थियो। नेप्सेमा यस्ता उदारहणहरु धेरै छन्। २९ अप्रिल २०२१ देखि १२ मे २०२१ सम्म पनि बजार साइडवेजमा गएको थियो। त्यो बेला बजार २६१२ देखि २६८६ को बिन्दुमा घुमेर बसेको थियो। जब बजारले २६८६ को बिन्दुलाई ब्रेक गर्यो, त्यसपछि बजार मज्जाले बढ्यो र ३०६४ को बिन्दुसम्म पुग्यो। यी दुवै अवस्थामा बजार माथिल्लो बिन्दुबाट खसेर तल्लो बिन्दुमा झरेका थिए। बजार केहि समय साइडवेजमा गएर एकुमुलेसन भईसकेपछि मात्रै बजार मज्जाले माथितिर लागेको थियो।  

त्यस्तै बजार माथिल्लो लेभलतिर हुँदा साइडेजमा जाँदा भने प्राय: साइडवेज प्याटर्न ब्रेकडाउन हुने गरेको पाइन्छ। त्यसपछि बजार घटेर तलातिरै जाने गरेको इतिहास छ। यसअघि १७ जनवरी २०२२ देखि २३ जनवरी सम्म बजार साइडवेजमा गएको थियो। त्यतिबेला बजार २२६० को बिन्दुबाट लगातार बढेर २९८४ को बिन्दुसम्म पुगेको थियो। त्यो बेला बजार २९८४ देखि २८८४ को बिन्दुमा साइडवेज बसेको थियो। जब बजारले २८८४ को बिन्दुलाई ब्रेक गर्यो त्यसपछि बजार शार्प्ली तलतिर लाग्न थाल्यो। भर्खरै केहि समय अघिको उदाहरण लिने हो भने बजार १८०७ को बिन्दुबाट बढेर २२२४ को बिन्दुसम्म पुगिसकेपछि २१७० देखि २०२४ को बिन्दुमा केहि दिन साइडवेज बस्यो। त्यसपछि बजारमा शार्प सेलिङ्ग आयो र बजार घटेर २००४ को बिन्दुसम्म झर्यो।   

अहिले एकुमुलेसन भईरहेको छ कि डिस्ट्रिब्युसन ?

'एकुमुलेसन/डिस्ट्रिब्युसन' इन्डिकेटरलाई आधार मानेर हेर्ने हो भने अहिले बिस्तारै एकुमुलेसन हुन सुरु भएको देखिन्छ। यसअघि बजार २२२४ देखि २१८० को बिचमा रहँदै गर्दा एकुमुलेसन/डिस्ट्रिब्युसन इण्डिकेटर पनि साइडवेजमा गएको थियो। त्यसपछि बजारमा शार्प डिस्ट्रिब्युसन भएको देखिन्छ। त्यस्तै बजार २००४ को बिन्दुबाट माथितिर लाग्दै आजको अवस्थासम्म आईपुग्दा एकुमुलेसन/डिस्ट्रिब्युसन ईण्डिकेटर साइडवेजमा गएको छ। बजार तल्लो लेभलमा रहँदा यो इण्डिकेटर साइडवेज जाँदा बजार बढेको थुप्रै उदाहरणहरु छन। अहिलेको समयमा बजारमा बिस्तारै एकुमुलेसन हुँदै गएको देख्न सकिन्छ। 

आगामी दिनमा यदि बजार २०३५ भन्दा तलतिर लाग्छ भने साइडवेज प्याटर्न ब्रेक डाउन हुनेछ र शार्प सेलिङ्गको सम्भावना रहनेछ भने २०८८ ब्रेक आउट भएमा बजारले शार्प अप मुभ लिने सम्भावना रहन्छ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको