Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीकाे राजिनामापछि बढ्ने प्रक्षेपण विपरित घटेर बन्द भयाे सेयर बजार

नेप्से

विहीबार, २३ असार २०७९, १५ : १० मा प्रकाशित

अर्थमन्त्रीकाे राजिनामापछि बढ्ने प्रक्षेपण विपरित घटेर बन्द भयाे सेयर बजार

सेयर बजारमा आज (बिहीबार) पनि गिरावट देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेकाे छ । एकपछि अर्को विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माले हिजाे राजिनामा दिएका छन् । अर्थमन्त्रीकाे राजिनामापछि बजारमा उत्साह देखिने विश्लेषकहरूकाे प्रक्षेपण थियाे । तर बजार त्यसकाे विपरित भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.६० अंकले घटेर २०२७.३२ विन्दुमा झरेकाे छ । नेप्से ०.८१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.४२ अंकले घटेर ३८५.४९ विन्दुमा झरेकाे छ । 

कूल २२९ वटा कम्पनीकाे ४७ लाख ११ हजार २५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८० करोड ६२ लाख ४ हजार ७ सय ६५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ ।

बिहीबार लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७ कराेड ६५ लाख ८९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज आरबिबि म्युचुअल फण्ड १ काे मूल्य सबैभन्दा धेरै बढेकाे छ । उक्त फण्डकाे मूल्य ३.९३ प्रतिशतले बढेर ८ रूपैयाँ ४६ पैसा पुगेकाे छ । 

यस दिन समिट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ५.२० प्रतिशतले घटेर ८ सय १५ रूपैयाँ ३० पैसा पुगेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको