Like us!
Follow us!
Connect us!
Watch us!

ट्विटर खरिदकाे सम्झाैता रद्द गर्दै एलन मस्क

धिरज पौड्याल

आइतबार, २६ असार २०७९, १२ : ०३ मा प्रकाशित

ट्विटर खरिदकाे सम्झाैता रद्द गर्दै एलन मस्क

विश्व धनाढ्य एलन मस्कले ट्विटर खरिद गर्ने सम्झौता रद्द गर्ने भएका छन्। उनले समाजिक सञ्जाल ट्विटरलाई ४४ अर्ब अमेरिकी डलरमा खरिद गर्ने सम्झौता अघी बढाएका थिए तर ट्विटरले आफूले मागेको जानकारी नदिएको र सम्झौताका विभिन्न कुराहरू तोडेको भन्दै भन्दै उनी सम्झौता रद्द गर्ने भएका हुन्। 

एलनले अप्रिल ४ मा ट्विटरको ९% सेयर खरिद गरेका थिए। जसको भोलिपल्ट कम्पनीले मस्क ट्विटरको वोर्डमा जोडिने बताएको थियो। तर अप्रिल १० मा उनले प्रस्ताव अस्वीकार गरेका थिए। अप्रिल १४ मा उनले प्रति सेयर ५४.२०$ को दरमा ट्विटर खरिद सम्झौता राखेका थिए तर अप्रिल १५ मा टि्वटर मस्कको प्रस्ताब काट्न पोइजन पिल नीति लिएको थिए। अप्रिल २१ मा उनले ४६.५ बिलियन अमेरिकी डलरको प्रस्ताव पेस गरेका थिए जसलाई ट्विटर बोर्डले अप्रिल २५ मा स्वीकार गरेको थियो। एलनले सम्झौता अगाडि बढाउन अप्रिल २९ मा टेसलाको ८ बिलियन अमेरिकी डलर को सेयर बिक्री गरेका थिए। अहिले ट्सलाको सेयरमा निरन्तर रूपमा गिरावट आइ रहेको छ। मे १३ मा उनले टि्वटरमा रहेका बट अकाउन्ट बारे जानकारी माग्दै सम्झौता होल्ड गरेका थिए। जुन ६ म उनले सम्झौता अगाडि नबढाउने धम्की दिएका थिए भने जुलाई ८ मा सम्झौता रद्द गर्ने घोषणा गरे। 

एलनले ट्विटर को ९% सेयर भएको खुलासा  गरेसँगै सेयरको मूल्य ३१% ले बढेको थियो। त्यसपछि ट्विटरले उनी टि्वटर को वोर्डमा बस्ने जनाकारी उल्लेख गरे सँगै ९% ले सेयरको मूल्य बढेको थियो त्यसपछि ट्विटरको सेयर घटबढ देखी रहेको छ। मस्कले सम्झौता बन्द गर्ने घोषणा गरेसँगै ट्विटरको सेयर मूल्यमा ५% को गिरावट देखिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको