नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने बताएका छन् । अमेरिका भ्रमणमा रहेका महामन्त्री शर्माले कांग्रेस निकट जनसम्पर्क समितिले क्यालिफोर्निया गरेको कार्यक्रममा बोल्ने क्रममा गगन थापाको पक्षमा विचार व्यक्त गरेका हुन् ।
सांसद तथा मन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको उनले बताएका हुन् । कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने ‘५० वर्षमुनि उमेर समूहबाट प्रधानमन्त्रीमा गगनको दाबी स्वाभाविक हो । सिनियर जुनियरको कुरा हामी बीचमा हुँदैन ।’
महामन्त्री गगन थापाले चाँही अन्तवार्ताका क्रममा निर्वाचन पश्चात् प्रधानमन्त्रीमा दाबी गर्ने बताउँदै आएका छन् । कांग्रेसमा संसदीय दलको नेता चुनिएर मात्रै प्रधानमन्त्री बन्ने प्रावधान छ । संसदीय दलको नेता चुन्नका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने थापाले बताउँदै आएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस