Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीमा आज ओलीलाई नियुक्त गर्ने राष्ट्रपति कार्यालयको तयारी

अर्थ संसार

आइतबार, ३० असार २०८१, ०७ : ५५ मा प्रकाशित

प्रधानमन्त्रीमा आज ओलीलाई नियुक्त गर्ने राष्ट्रपति कार्यालयको तयारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको छ ।

कांग्रेस र एमालेले राष्ट्रपतिसमक्ष नयाँ सरकार बनाउन शुक्रबार नै दाबी गरिसकेका छन्। जस अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दै छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आइतबार साँझ पाँच बजेसम्मको समय सीमा तोकेर संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए । त्यसपछि शुक्रबार राति नै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली राष्ट्रपति भवन शीतलनिवास पुगेर सरकार बनाउने दाबी पेस गरेका थिए । 

राष्ट्रपति पौडेलले आफूले दिएको समय सीमापछि मात्र ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । 

ओेली प्रधानमन्त्रीमा भोलि (आइतबार) नियुक्त भएपनी शपथ ग्रहण भने सोमबार हुने बताइएको छ ।  प्रधानमन्त्रीको शपथ लिएपछि ओलीले मन्त्रिपरिषद् विस्तार गर्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको