Like us!
Follow us!
Connect us!
Watch us!

एमालेले माग्यो महान्यायाधिवक्ताको राजीनामा

अर्थ संसार

सोमबार, २७ असार २०७९, १४ : ३३ मा प्रकाशित

एमालेले माग्यो महान्यायाधिवक्ताको राजीनामा

स्थानीय तहको निर्वाचनमा अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा मागेको छ । प्रतिनिधिसभा बैठकमा महान्याधिवक्ता खातीको राजीनामा माग्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले ‘३० वैशाखको निर्वाचन अनुगमनमा खटीएको निर्वाचन आयोगको टोलीले नेपाल सरकारका महान्यायाधिवक्तालाई किटानी गरेरै अमर्यादित गतिविधि गरेको भनेकाले राजीनामा दिनुपर्ने बताए ।’ 

यस्तो गम्भिर आरोप लाग्दा समेत अहिलेसम्म उहाँले राजीनामा दिनु भएको छैन’ प्रमुख सचेतक भट्टराईले थपे । दोषी किटान भइसक्दा पनि महान्यायाधिवक्ता खातीले नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै उनले आश्चर्यसमेत व्यक्त गरेका छन् ।

गत ३० वैशाखको स्थानीय तहको निर्वाचनको क्रममा बझाङ, बुढीगंगा नगरपालीका पुगेका महान्यायाधिवक्ता खातीले अमर्यादित क्रियाकलाप गरेकोले राजीनामा दिनुपर्ने एमालेको जीकीर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको