Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा खुम्चँदै ‘कम्युनिस्ट’ प्रभाव

पत्रपत्रिका

शुक्रबार, १६ मंसिर २०७९, ०७ : ०३ मा प्रकाशित

उपत्यकामा खुम्चँदै ‘कम्युनिस्ट’ प्रभाव

जनआन्दोलन २०४६ पछिका निर्वाचनमा काठमाडौँ उपत्यकामा कम्युनिस्ट पार्टीले आफ्नो प्रभाव बढाए पनि आम निर्वाचन २०७९ को अन्तिम मत परिणामले कमजोर देखाएको छ । २०४८, २०५१, २०५६, २०६४, २०७४ को निर्वाचनमा कुनै न कुनै कम्युनिस्ट पार्टीले निर्वाचनमा बलियो प्रभाव देखाए पनि यो निर्वाचनमा कुनै पनि कम्युनिस्ट पार्टीले काठमाडौँ उपत्यकामा प्रभाव देखाउन सकेनन् । 

२०६४ सालको संविधान सभा निर्वाचनमा काठमाडौँ उपत्यकाका तीन जिल्लामा नेकपा (एमाले) स्थानविहीन बने पनि माओवादी केन्द्र पहिलो दल बन्यो । २०७० सालमा एमालेले आफूलाई सुधा-यो । २०६४ सालको संविधान सभा निर्वाचनमा पहिलो दल बनेको नेकपा (माओवादी केन्द्र) २०७० मा आइपुग्दा उपत्यकामा आफ्नो अस्तित्व जोगाउन सकेन । पहिलो संविधान सभा निर्वाचनमा देशभर प्रत्यक्षमै १२० स्थान जितेको माओवादीले उपत्यकाका १५ क्षेत्रमध्ये सात क्षेत्रमा विजयी हासिल गरेको थियो । 

२०६४ को १० वर्षपछि २०७४ सालमा भएको निर्वाचनमा एमालेले उपत्यकामा मात्रै आठ क्षेत्रमा विजय हासिल ग-यो तर २०७९ को निर्वाचनमा एमाले उपत्यकामा दुई स्थानमा खुम्चँदा माओवादी शून्यको अवस्थामा पुग्यो । त्यति मात्रै होइन, एमालेबाट विभाजन भएपछिको पहिलो आम निर्वाचनमा होमिएको एकीकृत समाजवादी पनि उपत्यकामा स्थानविहीन बन्यो । अर्थात् उपत्यकामा कम्युनिस्ट प्रभाव निरन्तर ओरालो लाग्ने क्रममा गयो ।

राजनीतिक विश्लेषक मुमाराम खनाल काठमाडौँका मतदाता आत्मनिर्भर हुनु र परिवर्तनको पक्षमा देखिने भएकाले उपत्यकामा को बलियो र कमजोर भन्न नसकिने बताउनुभयो । काठमाडौँको मतदाता निकै खुकुलो रहेकाले छिटो परिवर्तनको पक्षमा आकर्षित हुने दाबी गर्नुभयो । काठमाडौँमा शिक्षित र आफ्नो आयस्रोतमा बाँच्ने भएकाले परिवर्तनको पक्षमा देखिने गरेको खनालको ठम्याइँ छ । 

२०४६ को जनआन्दोलनपछि नेपाली कांग्रेस, त्यसपछि नेकपा (एमाले), फेरि माओवादी केन्द्र र स्थानीय तहको निर्वाचनमा नयाँ उम्मेदवारलाई विश्वास गरेकाले काठमाडौँले जहिले पनि नयाँ दललाई रोज्ने क्रमलाई निरन्तरता दिएको खनालले बताउनुभयो । काठमाडौँमा नयाँ पार्टीको पक्षमा तत्कालै विश्वास गर्ने र सम्बन्ध पनि चाँडो भङ्ग गरिहाल्ने मानसिकताको विकास भएको बताउँदै उहाँले आत्मनिर्भर मतदाताले नयाँपन खोज्ने बताउनुभयो । गाेरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको