Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताका समस्या मौद्रिक नीतिमार्फत् सम्बोधन हुनुपर्छ : शेखर गोल्छा

अर्थ संसार

आइतबार, २६ असार २०७९, १४ : ३७ मा प्रकाशित

लगानीकर्ताका समस्या मौद्रिक नीतिमार्फत् सम्बोधन हुनुपर्छ : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले लगानीकर्ताका समस्या मौद्रिक नीतिमार्फत् सम्बोधन हुनुपर्ने बताएका छन् ।

महासंघले आज आयोजना गरेको माैद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले सेयर बजार संलग्न ५० लाख भन्दा बढी डिम्याट हाेल्डरहरूकाे समस्या मौद्रिक नीतिमार्फत् सम्बोधन हुनुपर्ने बताएका हुन् । 

यस्तै उनले बाह्य कर्जा लिन Country Rating एकदमै आवश्यक रहेकाे बताए । यसाे भएमा निजी क्षेत्रले पनि बैंकबाट कर्जा लिन पाउने भन्दै उनले देशकाे लागि याे एकदमै जरूरी रहेकाे बताए । 

साेही कार्यक्रममा बाेल्दै उनले भने, "आयातमा शतप्रतिशत मार्जिनकाे कुरा छ । यसले बजारमा Inflation मात्रै लिएर आएकाे छ । यसमा पुनर्विचार हुनुपर्छ । यसले महङ्गी बढेकाे छ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको