Like us!
Follow us!
Connect us!
Watch us!

अबदेखि तोकिएको स्थानमा मात्रै डिजिटल होर्डिङ बोर्ड

पत्रपत्रिका

सोमबार, २७ असार २०७९, ०६ : २२ मा प्रकाशित

अबदेखि तोकिएको स्थानमा मात्रै डिजिटल होर्डिङ बोर्ड

काठमाडौँ महानगरपालिकाले अबदेखि तोकिएको स्थानमा मात्रै डिजिटल होर्डिङ बोर्ड राख्न दिने भएको छ। व्यवसायीले वस्तु तथा सेवाको प्रचार गर्ने नाममा सहरका संवेदनशील स्थानमा समेत आफूखुसी डिजिटल होर्डिङ बोर्ड राख्न थालेपछि महानगरले यस्तो गर्न लागेको हो।

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको छ। हाल महानगरपालिकासँग अनुमति लिएर राखिएका विज्ञापन सामग्रीलाई समेत आवश्यकताअनुसार स्थानान्तरण गरिनेछ।

महानगरपालिकाको राजस्व विभागले यसअघि नै डिजिटल बोर्डको मापदण्ड निर्धारण तथा स्थान चयनको विषयमा नीतिगत व्यवस्था गर्नुपर्ने प्रस्ताव विधायन समितिमा गरेको थियो। कामपा राजस्व विभागका प्रमुख डा। शिव अधिकारीले नीति तथा कार्यक्रममै यो विषय उल्लेख भएपछि कार्यान्वयन प्रक्रियाअघि बढेको जानकारी दिए।

महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार महानगरलाई सफा गर्ने अभियानअन्तर्गत डिजिटल तथा अन्य प्रकारका बोर्डको अनुगमन र नियन्त्रण गर्न थालिएको  हो  ।

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको