Like us!
Follow us!
Connect us!
Watch us!

नागढुंगा सुरुङमार्गः अर्को साउनदेखि गुड्नेछन् गाडी

पत्रपत्रिका

सोमबार, २७ असार २०७९, ०६ : ५९ मा प्रकाशित

नागढुंगा सुरुङमार्गः अर्को साउनदेखि गुड्नेछन् गाडी

काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने मुख्य नाका नागढुंगा–नौबिसे सुरुङमार्गमा अर्को साउनदेखि गाडी कुदाउन सकिने भएको छ ।

निर्माण आयोजनाका अनुसार आगामी वर्षसम्म सुरुङमार्गको काम सकेर गाडी कुदाउन मिल्नेगरी काम भइरहेको छ । नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले लक्ष्य पूरा गर्न अहिले दुई सिफ्टमा फुल फ्लेजमा काम भइरहेको बताएका छन् ।

शाक्यले हाल दैनिक १० देखि १२ मिटरसम्म सुरुङमार्ग खन्ने काम पूरा भइरहेको जानकारी दिएका छन् । कोभिडलगायतका कारण सुरुवाती चरणमा निर्माण आयोजना केही ढिला हुन गए पनि अहिले फुल फ्लेजमा काम सञ्चालन भइरहेको उनको भनाइ छ ।

सुरुङमार्गसँगै लाइनिङलगायत फिनिसिङको काम पनि सँगसँगै भइरहेको आयोजनाले जनाएको छ । अहिले दुवैतिरको पोर्टलमा गरी दैनिक ५ सय ४० जनाले काम गरिरहेका आयोजनाले जनाएको छ ।

निर्माण आयोजनामा मुआब्जाका विषयसमेत समस्यामा रूपमा रहँदै आएको छ । आयोजनाले भने मुआब्जा वितरणदेखि क्षतिपूर्तिका सम्पूर्ण कार्य अहिले अन्तिम चरणमा पुगेको जनाएको छ । आयोजनाले फ्लाइओभरका लागि मात्र ८० प्रतिशत मुआब्जा वितरण गरिसकेको र बाँकी २० प्रतिशत मुआब्जा रकम यही आर्थिक वर्षभित्र बाँड्ने योजना रहेको जनाएको छ ।

सुरुङ आयोजनाको निर्माणअन्तर्गत काठमाडौंतिर ओभरपास निर्माण सकिएको र बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको आयोजनाको भनाइ छ ।

आयोजनाले हालसम्म मुख्य सुरुङ खन्ने काम ५६ प्रतिशत पूरा भएको जनाएको छ । मुख्य सुरुङ र सहायक सुरुङ (इभाकुएसन) गरी ३ हजार ७२ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको