अर्थ संसार, काठमाडौँ– सरकारले मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा एक मेगावाट क्षमताको सौर्य प्रणाली जडान कार्य अगाडि बढाएको छ । चीन सरकारको सहयोगमा उपलब्ध हुने सौर्य प्रणालीलाई जडानका लागि आवश्यक प्रक्रिया सुरु भएको छ ।
ऊर्जा मन्त्रालयले सौर्य प्रणाली जडानको कार्य सुरु भएको जानकारी दिउको छ ।पाँच मेगावाट क्षमताको प्रणाली जडान गर्ने भनिएपनि स्थान अभाव तथा प्राविधिक रुपमा समेत उपयुक्त नभएपनि तत्कालका लागि एक मेगावाटको मात्रै सौर्य प्रणाल िजडान गर्न लागिएको हो ।
सोलार बिजुली उत्पादन गर्ने लक्ष्यका साथ तयारी थालिएपनि प्राविधिक रुपमा सम्भव नभएपछि अहिले एक मेगावाट मात्र बिजुली निकाल्न लागिएको हो ।
चिनियाँ कम्पनीले गरेको अध्ययनअनुसार सिहंदरबारमा एक मेगावाट मात्र सोलार उत्पादन गर्न सकिने देखिएको हो । सिंहदरबारमा सोलार बिजुली जोड्न चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ ।
सोलार जडानका लागि चीनबाट सोलार प्यानसहितका सामग्री आयात भइसकेको छ ।आगामी चार महिनाभित्र सिंहदबारमा सोलारबाट बिजुली बालिसक्ने तयारीका साथ काम सुरु भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
सिंहदरबार भित्रका २१ वटा भवनमा मात्र सोलारका प्यानल राखिने भएको छ । प्यानलबाट जम्मा हुने बिजुलीलाई एकीकृत गरी सिहंदरबारभित्र नै प्रयोग गर्ने सरकारको योजना छ ।
भूकम्पले क्षति पुगेका भवनहरुमा पनि प्यानल राखिने छैन । पुनर्निर्माण र मर्मत गर्नुगर्ने तथा तला थप्ने भवनमा पनि सोलार प्यानल नराखिने र्ऊा मनत्रालयले जनाएको छ ।
सिहंदरबारमा उत्पादन हुने एक मेगावाट बिजुली त्यहाँका लागि अपुग हुने छ । तर, विदाका दिन सिंहदरबारको बिजुली ग्रीडमा जोड्ने व्यवस्था गर्ने तयारी गरिएको छ ।
विसं ०६७ सालमा सिंहदरबारभित्रै सोलार प्यानल राखेर ५ मेगावाट सौर्य विद्युत उत्पादन गर्ने निर्णय भएको थियो । तर, अध्ययन प्रक्रियामा भएको ढिलाइले पहिलेको योजनाअनुसार काम नभएपनि आयोजना पर धकेलिदै आएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस