Like us!
Follow us!
Connect us!
Watch us!

वर्ल्ड लिंकको 'कछुवाभन्दा पनि स्लो' नेटले कार्यलयको काम नै प्रभावित

पत्रपत्रिका

विहीबार, ३० असार २०७९, ०६ : २८ मा प्रकाशित

वर्ल्ड लिंकको 'कछुवाभन्दा पनि स्लो' नेटले कार्यलयको काम नै प्रभावित

खार्पुनाथ गाउँपालिकाले एक वर्षमा कार्यालय प्रयोजनका लागि प्रयोग गरेको इन्टरनेट सेवाको शुल्क चर्को तिरे पनि सेवा गुणस्तरहीन भएको जनाएको छ । वल्र्डलिङ्क कम्युनिकेसन प्रालिको इन्टरनेट सेवाले प्रभावकारी रूपमा काम नगर्दा कार्यालयमा काम गर्न सास्ती भएको बताइएको छ ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत विष्णुुबहादुुर शाहीले वल्र्डलिङ्कलाई वार्षिक २४ लाख रुपियाँ इन्टरनेट शुल्क तिर्दै आएको बताए ।

उनका अनुसार शुल्क चर्को भए पनि सेवा भने गुणस्तरहीन भएको कारण काम गर्न कठिन भएको छ । उनले आर्थिक वर्ष सम्पन्न हुन लागेको बेला इन्टरनेट सेवा प्रभावकारी नहुुँदा काम गर्न निकै सास्ती भोग्नुु परिरहेको जनाए ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको