Like us!
Follow us!
Connect us!
Watch us!

कम्पनीको नारा ‘छिटो भनेकै वर्ल्डलिङ्क’, सेवाग्राही भन्छन्-‘सम्झिने पानी छम्किने’

अर्थ संसार

आइतबार, ०१ साउन २०७९, १२ : २३ मा प्रकाशित

कम्पनीको नारा ‘छिटो भनेकै वर्ल्डलिङ्क’, सेवाग्राही भन्छन्-‘सम्झिने पानी छम्किने’

सुरुवातदेखि नै नेपाल टेलिकमको इन्टरनेट एडिएसएल चलाएका काठमाडौँ बानेश्वरका रबिन्द्र कार्की (नाम परिवर्तन) ले इन्टरनेट धेरै नै स्लो भएपछि इन्टरनेट सेवा प्रदायक कम्पनी नै परिवर्तन गर्ने योजना बनाए र साथी भाईहरुसँग सल्लाह गरे सबैले उनलाई पुरानो र नेपालका लागि इन्टरनेट सेवाको ब्रान्ड नै भएको भन्दै वर्ल्डलिङ्कको इन्टरनेट लिन सल्लाह दिए उनले साथीहरुको सल्लाह बमोजिम नै वर्ल्डलिङ्कको इन्टरनेट लिए । 

सुरुवातको केही महिना उनी वर्ल्डलिङ्कको सेवाबाट सन्तुष्ट नै थिए इन्टरनेटको स्पिड पनि राम्रै थियो । तर केही महिनापछि भने पुनः इन्टरनेट स्लो चल्ने समस्या देखिन थाल्यो उनले पटक पटक वर्ल्डलिङ्कको ग्राहक सेवाकेन्द्रमा कम्प्लेन पनि गरे कम्प्लेन गरेको केही दिन त इन्टेरनेट राम्रै पनि चल्यो तर फेरी उही समस्या भने आइरह्यो । 

‘अब हरेक दिन वर्ल्डलिङ्कमा कम्प्लेन गरेर मात्रै बस्नु पर्ने अवस्था आयो’ उनले भने ‘कम्प्लेन गरेको केही समय त राम्रै पनि चल्छ तर फेरी पारा उही हो मेरो इन्टरनेटको ५० एमबिपिएस प्याकेजको थियो तर अहिलेसम्म पनि मेरो इन्टरनेट त्यति स्पिडमा चलेको थाहा पाएको छैन यदि कम्पनीले त्यति स्पिड दिन सक्दैन भने किन फोकटमा यति धेरै स्पिड दिन्छौँ भन्दै हल्ला गर्नु ।’ 

केही वर्ष अध्ययनको शिलशिलामा विदेशमा समेत बिताएर आएका उनले गुनासो गरे ‘हाम्रो देशमा त जसले जे गरे पनि हुने रैछ ५० एमबिपिएसको स्पिड दिन्छौँ भनेर ग्राहक बनाउने अनि ५ एमबिपिएसको स्पिडमा पनि नदिँदा केही कारबाही नहुने यो त सरासर सेवाग्राहीमाथिको लुटतन्त्र होनी यस्तै कुरा यदि विदेश तिर भएको भए सायद अहिले नेपालका सबै इन्टरनेट सेवा प्रदायकहरु कारबाहीमा परिसक्थे होला ।’ 

उनी त एउटा प्रतिनिधीपात्र मात्र हुन् । पछिल्लो समय नेपालमा इन्टरेनेट सेवा प्रदायकहरुको सेवाबाट अधिकांश सेवाग्राहीहरु असन्तुष्ट नै देखिन्छन् । अहिले अधिकांश इन्टरनेट सेवा प्रदायकहरुकोमा आउने गुनासो भनेकै स्लो इन्टरनेटको छ । नाम उल्लेख नगर्ने सर्तमा एक इन्टरनेट कम्पनीका कर्मचारीले भने ‘हाम्रोमा आउने कम्प्लेनको ९० प्रतिशत भन्दा बढी कम्प्लेन त इन्टरनेटको स्पिडसँगै सम्बन्धित हुन्छन् ।’

वर्ल्डलिङ्कको सेवासँग गोकर्णेश्वर नगारपालिका ८ बस्ने निकिता बस्नेत (नाम परिवर्तन) काे गुनासो भने भिन्न छ । उनले सुरुमा वर्ल्डलिङ्कको इन्टरनेट जोड्दा २२५ एमबिपिएस स्पिडको इन्टरेनेट प्रतिमहिना १ हजार ६ सय ९५ रुपैयाँ तिर्ने गरी जोडेकी थिइन् तर त्यसको केही महिनापछि नै वर्ल्डलिङ्कले उनलाई खबर नै नगरी इन्टरनेट स्पिड अपग्रेड गरी शुल्क समेत वृद्धि गरेर १ हजार ७ सय ५५ रुपैयाँ पुर्यायाे । तर उनले आफूलाई उक्त कुरा अस्विकार्य हुने भनेपछि भने कम्पनीले केही समयपछि परिवर्तन गरी उनलाई पुरानै प्याकेज दियो । 

‘कतिपय अवस्थामा कम्पनीका कारण इन्टरनेट सेवा १-२ दिनसम्म नै अवरुद्ध हुन्छ तर कम्पनीले त्यो अवधिको कुनै पनि क्षतिपुर्ती सेवाग्राहीलाई दिँदैन नियम अनुसार त कम्पनीका कारणले इन्टरनेट नचले पछि त्यति दिनको थप सेवा दिनु पर्ने हो तर त्यति दिँदैनन्’ उनले भनिन् ।

अहिले अधिकांश इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ५० भन्दा कम एमबिपिएस स्पिडका प्याकेज नै सार्वजनिक गरेको पाँइदैन तर वास्तवमा उनीहरुको चल्ने स्पिड त ५ एमबिपिएस समेत हुँदैन भन्ने गुनासो अधिकांश सेवाग्राहीहरुको सुनिन्छ । 

यो विषयलाई सम्बन्धित नियामक निकायहरुले समेत गम्भिरताका साथ लिनुपर्ने जरुरी देखिन्छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको