Like us!
Follow us!
Connect us!
Watch us!

महालेखापरीक्षक कार्यालयले धितोपत्र बोर्डलाई भन्यो-‘ब्रोकर कमिसन पुनरावलोकन गर्न आवश्यक’

अर्थ संसार

विहीबार, ३० असार २०७९, ०७ : ५९ मा प्रकाशित

महालेखापरीक्षक कार्यालयले धितोपत्र बोर्डलाई भन्यो-‘ब्रोकर कमिसन पुनरावलोकन गर्न आवश्यक’

महालेखापरीक्षक कार्यालयले नेपाल धितोपत्र बोर्डलाई ब्रोकर कमिसन पुनरावलोकन गर्न सुझाव दिएको छ । महालेखापरीक्षक कार्यालयले बुधबार ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै बोर्डलाई यस्तो सुझाव दिएको हो । 

महालेखापरीक्षक कार्यालयको उक्त प्रतिवेदनमा धितोपत्रको कारोबार सचना प्रविधिमा आधारित हुँदै गएको, धितोपत्र राफसाफ तथा फस्यौट प्रणालीमा सधार भएको, धितोपत्र व्यवसायको क्षेत्र र दायरा विस्तार हुँदै गएको सन्दर्भमा धितोपत्र दलाल व्यवसायीलाई अधिक र अस्वाभाविक लाभ आर्जन हुने तथा केही ठूला र संस्थागत लगानीकर्ताहरूले कमिसनबापत रकम प्राप्त गर्ने अवस्था देखिएकाले धितोपत्र दलाल व्यवसायीले लिने विद्यमान सेवा शुल्कको दरमा पुरावलोकन गरी धितोपत्र व्यवसायलाई स्वच्छ, पारदर्शी र लगानीमैत्री बनाउन ध्यान दिनुर्ने सुझाव दिइएको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३२(१) अनुसार धितोपत्र दलालले धितोपत्र करोबार सेवा उपलब्ध गराए बापत ग्राहकसँगबाट अनुसूची १४ बमोजिमको सेवा शुल्क लिन सक्ने व्यवस्था छ । यो वर्ष ५० धितोपत्र दलाल व्यवसायीको कुल आय रू.१० अर्ब ६९ करोड ३ लाखमध्ये रू.२ अर्ब ९९ करोड ४८ लाख खर्च गरी रू.७ अर्ब ६९ करोड ५५ लाख खुद आय देखाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको