Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको ऋणपत्र बाँडफाँड

अर्थ संसार

विहीबार, ३० असार २०७९, ११ : २७ मा प्रकाशित

सानिमा बैंकको ऋणपत्र बाँडफाँड

सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि असार २४ गतेसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँड गरिएकाे छ ।

उक्त अवधिभर रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई असार २८ गते, मंगलबार बाँडफाँड गरिएकाे बैंकले जानकारी दिएकाे छ ।

बैंकले ५ वर्ष अवधिकाे "१०.२५% सानिमा डिबेञ्चर, २०८९" काे नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे हाे । निष्कासन गरिएकाे कुल ५० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गरिएकाे थियाे । 

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गरेको थियाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

62cfad37148fc.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको