Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस बैठकमा नयाँ प्रस्ताव उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सन’

पत्रपत्रिका

आइतबार, ०१ साउन २०७९, ०७ : २० मा प्रकाशित

कांग्रेस बैठकमा नयाँ प्रस्ताव उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सन’

नेपाली कांग्रेसभित्र आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पार्टी उम्मेदवार छान्न आन्तरिक निर्वाचन अर्थात् ‘प्राइमरी इलेक्सन’ प्रस्ताव आएको छ ।

ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ‘आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्न केही क्षेत्रमा क्रियाशील सदस्यमाझ निर्वाचन गर्न सकिने’ प्रस्ताव राखेका हुन् ।

‘१ सय ६५ संघीय निर्वाचनमध्ये १५ र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमध्ये ३० क्षेत्र जतिमा उम्मेदवार चयन गर्न क्रियाशील सदस्यमाझ प्राइमरी इलेक्सन गर्ने कि ? त्यसबारे छलफल प्रारम्भ गरौं,’ शनिबारको बैठकमा महामन्त्री शर्माले प्रस्ताव गर्दै भने । उनले सो प्रक्रियामार्फत ‘चयन गर्दा उम्मेदवार छनोट लोकतान्त्रिक अभ्यासमा कांग्रेस एक कदम अघि हुने’समेत दाबी गरे ।

‘यसरी उम्मेदवार चयन गर्दा लोकतान्त्रिक अभ्यास उच्चतम प्रयोग नेतृत्वमा कांग्रेस अरूभन्दा एक कदम अघि हुनेछ र कांग्रेसप्रतिको आकर्षण पछिल्लो पुस्तामा भीषण ढंगले बढाउनेछ,’ शर्माले बैठकमा भने ।

कांग्रेसभित्र आगामी निर्वाचनमा ‘सत्तारूढ गठबन्धन आबद्ध दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने ?’ भन्ने’बारे बहस भइरहेकै बेला महामन्त्री शर्माको नयाँ प्रस्ताव ल्याएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेता आगामी निर्वाचनमा गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलका पक्षमा र केही दोस्रो तहका नेता गठबन्धन गर्दा आफ्नाे सिट गुम्ने भयमा छन् । कांग्रेसभित्र गठबन्धन विषयमा बहस जारी रहँदा महामन्त्री शर्माले ‘नयाँ अभ्यास प्रस्ताव’ अघि बढाएका छन् ।

आन्तरिक निर्वाचनमा विजयी उम्मेदवारलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनाउँदा पार्टीभित्रबाट कायम हुने उम्मेदवार बलियो हुने र परिणाम पनि सकारात्मक आउने महामन्त्री शर्माको विश्वास छ ।

राजधानी दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको