Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक २०५० माथि क्लोज भए बजारमा उछाल आउन सक्ने !

बसन्त पाण्डे

सोमबार, ०२ साउन २०७९, १६ : १९ मा प्रकाशित

नेप्से परिसूचक २०५० माथि क्लोज भए बजारमा उछाल आउन सक्ने !

सोमबार नेप्से परिसूचक बढेको छ। १८.०३ अंकले बढेको बजारमा १ अर्ब ३१ करोड बराबरको कारोबार भएको हो। नेपाल राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने तरखरमा रहँदै गर्दा बजार बढ्नुलाई निकै महत्वका साथ हेरिएको छ।  

कस्तो रह्यो आजको बजार ?

आजको बजार सुरुवाती चरणमा १०/११ अंकले घटेको थियो। त्यसपछि बजार साईडवेजमा गयो। अन्तिम घण्टामा बजार सँगै कारोबार रकम पनि बढ्यो।  बजार बढ्दै गएर अन्त्यमा डे हाईमा क्लोज हुन सफल भयो। हिजोको तुलनामा कारोबार रकम पनि बढेको छ। पछिल्लो २० दिनको एभरेजको तुलनामा कारोबार रकम कम भए तापनि हिजोभन्दा बढी कारोबार हुनुलाई सकारात्मक रुपमा लिन सकिन्छ।  

हिजो आइतबार हामीले नेप्सेको १ घन्टे चार्टमा सिमेट्रिकल ट्र्याङ्गल प्याटर्न बनेको बताएका थियौं। सिमेट्रिकल ट्र्याङ्गल प्याटर्न बनिसकेपछि यदि सपोर्ट लाइन ब्रेक गरेको खण्डमा बजार शार्प घट्ने र रेसिस्टेन्स लाईन ब्रेक गरेमा बढ्ने सम्भावना धेरै हुन्छ। सोमबार २०२७ को बिन्दुलाई ब्रेक गरेसँगै १ घट्ने चार्टमा बनेको सिमेट्रिकल ट्र्याङ्गलको रेसिस्टेन्स लाइन ब्रेक भएको छ। यसले बजार बढ्ने सम्भावना प्रबल रहेको संकेत गरेको छ।

हिजो आईतबार डोजी क्यान्डल बनेको थियो। आज हिजोको हाई पोइन्ट २०१९ लाई ब्रेक गरे सँगै बुलिश कटिन्युएसन प्याटर्न बनेको छ। यसले बजार बढ्न सक्ने सम्भावना प्रबल रहेको संकेत गर्दछ।  

ध्यान दिनुपर्ने बिन्दुहरु

अब सबैभन्दा महत्वपूर्ण बिन्दु २०५० हो। यदि बजार २०५० भन्दा माथि क्लोज हुन सफल भयो भने करिब ६ महिना अघि २९८३ को बिन्दुबाट बजार घट्न थालेसँगै बनेको डाउन ट्रेन्ड ब्रेक हुनेछ। यसअघि २१२५ को बिन्दुभन्दा माथि जाँदै डाउन ट्रेन्ड ब्रेक गर्ने प्रयास गरेको थियो तर बजार २१४८ को बिन्दुसम्म पुगेतापनि उच्च सेलिङ्ग आएर २०९८ को बिन्दुमा क्लोज हुन पुगेको थियो। त्यतिबेला फल्स ब्रेकआउट भएको थियो। तर अहिले राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमार्फत सेयरबजारका लगानीकर्ताहरुको मनोबल बढ्ने किसिमका समाचारहरु आए भने यसपटक डाउन ट्रेन्ड ब्रेक हुनसक्ने सम्भावना बलियो रहन्छ। प्राविधिक सूचकहरु सकारात्मक रहेको अवस्थामा यदि डाउन ट्रेन्ड ब्रेक भयो भने बजारमा उछाल आउनसक्ने सम्भावना रहन्छ। तर यदी २०५० को लेभलबाट सेलिङ्ग आउन थाल्यो भने बजार फेरी खस्न सक्ने सम्भावना बढेर जानेछ। 

62d5384e3dd56.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको