Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तको नाफा ४८ प्रतिशतले बढ्यो, ईपिएस कति ?

अर्थ संसार

मंगलबार, ०३ साउन २०७९, ०७ : ११ मा प्रकाशित

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गर्ने आरएसडिसी लघुवित्त पहिलो कम्पनी हो । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४८.४५ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ९ करोड १० लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ४६.३६ प्रतिशतले बढेर २३ करोड ८२ लाख ३३ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १६ करोड २७ लाख ६८ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि बढेर २६ करोड ४७ लाख ७६ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १८ करोड ६१ लाख १७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ८० करोड ५१ लाख रुपैयाँ र जगेडा कोषमा ३१ करोड ३ लाख हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ १२६ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको